शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

कार्यालय समयमा सामान ढुवानी गर्न रोक लगाएको भन्दै विरोध

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले बिहान र बेलुका कार्यालय समयमा सामान ढुवानी गर्न रोक लगाएको भन्दै ट्रिपर चालक तथा सञ्चालकहरुले बिरोध गरेका छन् ।

    ट्राफिक प्रहरीले यही पुष १ गतेदेखि लागू हुने भन्दै बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म समान ढुवानी गर्न रोक लगाएको भन्दै ट्रिपर व्यवसायीहरुले बिरोध जनाएका हुन् ।
    उनीहरुले शनिबार तिनुकनेस्थित खुल्ला चौरमा भेला भएर बिरोधसभा गरेका छन् । सरकारले भन्सारको प्रलोभनमा नयाँ गाडी भित्राउन दिएपनि चलिरहेका र पूराना गाडी सञ्चालनमा विभिन्न नियम लगाएर अवरोध गरेको भन्दै व्यवसायीहरुले बिरोध गरेका हुन् । सरकारले उचित पार्किङको व्यवस्था र पूराना सवारीसाधनको विकल्प नदिइ अनावश्यक नियम लगाएर आफूहरुलाई गरीखान नदिएको चालकहरुले गुनासो गरे ।
    व्यवसायीहरुले ट्राफिक प्रहरीले सडकमा नियमति रुपमा नगुड्ने भएपनि आफूहरुलाई मात्र नियन्त्रण गर्न खोजको उनीहरुको गुनासो छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा अत्याधिक सवारी चापका कारण कार्यालय समयमा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको भन्दै महानगरिय ट्राफिक प्रहरीले कार्यालय समयमा मालबाहक सवारी सञ्चालनमा रोक लगाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij