शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

नाइजेरियाको सहयोग

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • गैर आवासीय नेपाली संघको नाइजेरिया(लेगोस) समितिले जनकपुरधाममा निर्माण हुन लागेको कुम्भकर(पण्डित) जातिको मन्दिरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

    नेपाल प्रजापति कुम्भकर संघ, केन्द्रीय समितिले जनकपुरधाममा निर्माण गर्न लागेको कुम्भर मन्दिरका लागि ८० हजार रुपैयाँ सहयोग गरिएको लेगोस समितिले जनाएको छ ।

    गैर आवासीय नेपाली संघ, नाइजेरिया राष्ट्रिय समन्वय समितिका सचिव रोशन थापाका अनुसार गत तिहार पर्वमा लेगोसमा आयोजित देउसीभैलोबाट उठेको रकमबाट उक्त सहयोग गर्ने निर्णय भएको हो ।

    तराईमा पिछडा वर्गमा पर्ने कुम्भर प्रजापति जातिका लागि यो सहयोग गर्न पाएकोमा संघका, अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य चिरन्जिवी रोकाले प्रतिक्रिया दिँदै भविश्यमा पनि यस्तो क्षेत्र छनौट गर्दै सहयोग निरन्तर गरिने बताए ।

    संघमा अन्तर्राष्ट्रिय समिति कोषाध्यक्ष हिक्मत थापाले नाइजेरिया समन्वय समितिको सहयोगलाई अनुकरणीय भन्दै आफ्नो देशभित्रको कला–संस्कृति र सभ्यताको जर्गेना गर्नमा अरु देशबाट पनि साथ–सहयोगको अपेक्षा गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij