प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
कास्की । अर्घाखाँची सिमेन्ट प्रा.लिले भुकम्प प्रतिरोधक भवन निर्माण गर्न सरोकारवालाहरुलाइ आग्रह गरेको छ । कास्कीको पोखरामा शुक्रबार भएको विशेष भेटघाट कार्यक्रम राखि यस्तो आग्रह गरेको हो । कार्यक्रममा इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष सहभागिता रहेको थियो ।
भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कम्पनीका तर्फबाट भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रा.लि. का इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाका बारेमा जानकारी दिए ।
विषेश भेटघाट कार्यक्रमका सहभागीहरुलाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाउने बताए ।
देशकै उत्कृष्ट र गुणस्तरीय सिमेन्ट ब्राण्ड अर्घाखाँची ओ.पी.सि. सिमेन्ट गुणस्तरीय र भरपर्दो सिमेन्टको रुपमा उपभोक्तामाझ परिचित छ । यसले उच्च स्तरको जर्मन प्रविधि सहित अटो रोटो प्रविधिबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij