प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
सेतीदोभान गाविस ९ गोगनपानीस्थित अड्याङदी जंगलमा घाँस दाउरा खोज्दै गाई, बाख्रा चराउँदै गरेका स्थानीय ५१ वर्षीको गिरीधारी लामिछानेलाई चितुवाले आक्रमण गर्दा घाइते भएका छन् ।
लामिछानेलाई शरीरको विभिन्न भागमा चिथोर्ने र दाइने हात नै टोकिदिएपछि उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको स्थानीय तोयनारायण लामिछानेले जानकारी दिए । लामिछानेलाई आक्रमण गर्ने क्रममा घाँस काट्न लागेको हँसियाले हानेपश्चात् एक्कासी भूइँमा ढलेर चितुवाको नै मृत्यु भएको छ । तोयनारायणका अनुसार उक्त चितुवालाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij