शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

आज क्रिसमस, अब सरकारले तीन दिन बिदा दिनुपर्ने माग

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • काठमाडौं । इसाई धर्मालम्बिहरुको महान चाड क्रिसमस डेको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
    काठमाडौ लगायतका देशका मुख्य मुख्य सहरको चर्चहरुमा जम्मा भएका इसाई धर्मालम्बिहरुले भोजमा सहभागी भई शुभकामना आदान प्रदान गरी यो पर्व मनाईरहेका छन ।
    काठमाडौको ठमेल, बौद्ध, ललितपुरको पाटन, भक्तपुरको दरबार क्षेत्र लगायतमा चर्चहरुमा जम्मा भएर उनीहरुले एक अर्काबीच सुख, शान्ति र समृद्धिको कामना गरेका छन ।

    यसै अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । आफूहरुले दवाव दिएपछि सरकारले यस अवसरमा सार्वजनिक विदा दिएको राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए ।
    उनले अव तीन दिनसम्म यो पर्वको अवसरमा सरकारले विदा दिनुपर्ने माग पनि गरे ।
    अध्यक्ष गहतराजले नेपालमा ३० लाख भन्दा बढि ख्रिष्टियन रहेको र उनीहरुको पर्वलाई राष्ट्रिय पर्वको रुपमा उल्लेख गर्न सरकारले अलमल गर्न नहुने धारणा पनि राखे ।

    नेपालमा चार सय वर्ष अघि देखि क्रिसमस मनाउन थालिएको दावी गरिएको छ । क्रिसमसको उपलक्ष्यमा क्रिसमस ट्रि लगायतले चर्चहरु सजाइएका छन । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ तारिकका दिन यो पर्व विश्वभर मनाउने गरिन्छ ।
    आज भन्दा २ हजार १६ वर्ष अघि इजरायलको जेरुसेलमस्थित बेथलेहममा येसुको जन्म भएको बताइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij