शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दुर्घटनामा परी ३ को मुत्यु

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • नवलपरासी । यहाँ भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    शनिबार साँझ बेनीमणिपुर–८ भित्री सडकखण्डमा उत्तरदेखि दक्षिण आउँदै गरेको लु२त ६१६६ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा ट्र्याक्टरमा सवार १४ वर्षीय होमबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ ।

    त्यसैगरी राकाचुली–९ स्थित चन्दातारा पहाडी सडकखण्डमा लु२त ५४०३ नंको ट्र्याक्टरमा सवार ५५ वर्षीय हुमबहादुर लामिछानेको सोही ट्र्याक्टरले थिचेर मृत्यु भएको छ । उनी ट्र्याक्टरबाट खसेको र ट्र्याक्टरको पछाडिको पाङ्ग्राले थिचेकाले उपचारका लागि लैजाँदै गर्दा बाटामै मृत्यु भएको इप्रका, दुम्किबासले जनाएको छ ।
    यस्तै जङ्गली गैँडाको आक्रमणबाट आज नवलपरासीमा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । कावासोती– १५ शेरवानकी बुद्धिकुमारी महतोका घरमा खेल्दै गरेकी तीन वर्षीया उनकी नातिनी श्वेताको जङ्गली गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

    घरको आँगनमा आगो तापिरहेको बेला जङ्गली गैँडा आई नातिनी र हजुरआमा दुवैलाई आक्रमण गरेको थियो । घाइते बुद्धिकुमारीको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
    यसैबीच चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चितवन खैरहनीका १८ वर्षीय प्रवीण रोइलाको शव आज फेला परेको छ । स्थानीयवासीको सहयोगमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव पानीभित्र फेला पारेको हो । शनिबार नै कविलास– १ जुगेडीस्थित नारायणी नदीमा नुहाउन गएका नमस्ते नेपाल होटल जुगेडीमा काम गर्ने १९ वर्षीय इमान लामाको अवस्था भने अझै थाहा हुन नसकेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij