शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सातै प्रदेशमा इन्धन भन्डारणका लागि जग्गा खरिद प्रक्रिया शुरु

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७३



  • काठमाडौँ । नेपाल आयल निगमले इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको छ ।

    ९० दिनलाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निगमले सूचना गरी जग्गा खरिद प्रक्रिया शुरु गरेको आजको कारोबर दैनिकमा खबर छ ।

    निगमले विभिन्न जिल्लामा जग्गा खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । सातै प्रदेशमा इन्धन भन्डारण गृह निर्माण गर्ने तयारी निगमको छ ।

    निगमले एक महिना एक महिनाअघि नै जग्गा उपलब्ध गराइदिनका लागि आपूर्ती मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

    मन्त्रालयले निगमलाई आफै अध्ययन गरी खरिद गर्न निर्देशन दिएपछि प्रक्रिया अगाडि बढाएको हो ।

    निगमले सातै प्रदेशमा पर्ने गरी झापा, रुपन्देही विराटनगर, चितवन नेपालगञ्ज धनगढी तथा धादिङ र नुवाकोटको बीच्मा भन्डारण गृह स्थापना गर्ने जनाएको छ ।

    हालद निगमसँग काठमाडौँ, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहव, पोखरा र नेपालगञ्ज, सुर्खेत धनगढी र दिपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij