प्रकाशित मिति : सोमवार, पुस ११, २०७३
काठमाडौं । एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् ।
आइतबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार ढकाल अध्यक्षमा नियुक्त भएका हुन् ।
ढकाल राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायमा संलग्न आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक हुन् ।
त्यसैगरी ढकाल काठमाण्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थाहरुमा पनि संचालक पदमा कार्यरत छन् ।
व्यवस्थापनमा स्नातकोत्तर उपाधी हांसिल गरी एक सफल उद्योगी तथा व्यवसायी बनेको उनको नेतृत्वमा आउंदा दिनहरुमा अझै प्रगती गर्ने कम्पनलिे विश्वास लिएको छ ।
यसैबीच कम्पनीका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले १ बर्ष १० महिना अध्यक्ष पदमा रही कम्पनीलाई आजको अवस्थासम्म ल्याउन खेलेको भूमिकाको प्रशंशासहित धन्यवाद दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij