शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

लालटिन हेर्न, बालबालीकालाई अभिभावक चाहिने

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • काठमाडौं । अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘लालटिन’ले पीजी प्रमाणपत्र पाएको छ । चलचित्र जाँच समिति सेन्टरले मंगलबार साँझ चलचित्र हेरेपछि प्रमाणपत्र दिएको हो । यो चलचित्र हेर्न बालबालीकालाई अब अभिभावकको साथ चाहिनेछ ।

    देवकुमार श्रेष्ठद्धारा निर्देशित चलचित्र २ घन्टा १३ मिनेट अवधिको छ ।
    चैत १८ मा रिलिज हुने यो चलचित्र एमसन पिक्चर्सको ब्यानरमा बनेको हो, भने अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । चलचित्रमा मनोज राजभण्डारी र दीपक श्रेष्ठ सहायक निर्माताका रुपमा रहेका छन् ।

    दयाहाङ सहित प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नविन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटीलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
    विनोद ढकाल, डिजराज पौडेल र किरण माइकलको संगीत रहेको चलचित्रमा हरि घलेको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन छ ।

    चलचित्र हेरेपछि सेन्सर सदस्यले बलिउड शैलीको भन्दै प्रशंसा गरेको प्रस्तुत कर्ता भानुप्रतावले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij