बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सुरुङबाट जोडियो काठमाडौं–मेलम्ची

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • मेलम्ची खानेपानीको तीनमध्ये एक भागको सुरुङ खन्ने काम सकिएपछि काठमाडौँ–मेलम्ची सुरुङले जोडिएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको सुरुङ निर्माण सकिएको हो ।
    सो सुुरुङको लम्बाइ १० दशमलव पाँच किमि छ । मेलम्ची खानेपानी आयोजनाका निर्देशक घनश्याम भट्टराईले पहिलो खण्डको औपचारिक समापनको घोषणा बुधबार हुने बताए । उनले भने, ‘सुन्दरीजलदेखि सिन्धुसम्मको सुरुङले ‘ब्रेक थु्र’ हुने मौका पाएको छ । आयोजनाका लागि यो ठूलो सफलता हो ।’

    मेलम्ची खानेपानी उपत्यका ल्याउन २७ दशमलव ५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ । आयोजनाले सुरुङ तीन भागमा विभाजन गरी खन्दै आएको छ । त्यसमध्ये एक भाग खनेर सकिएको हो । सिन्धुदेखि ग्याल्थुमसम्मको सात दशमलव ७०३ किमि सुरुङमध्ये अब दुई दशमलव पाँच किमि मात्रै खन्न बाँकी छ । त्यस्तै, ग्याल्थुमदेखि अम्बाथानसम्मको पाँच दशमलव १२३ किमि सुरुङमध्ये अब दुई दशमलव ५० किमि सुरुङ खन्न बाँकी छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ

    सुरुङ खन्ने गति घट्यो

    आयोजनाका निर्देशक भट्टराईले बाँकी भागको काम दु्रत गतिमा अघि बढेकाले केही महिनामा नै सकिने बताए । तर, सुरुङ खन्ने गति भने विगतको तुलनामा घटेको उनको भनाइ छ । विगतमा प्रतिदिन ३० मिटरका दरले सुरु खन्ने काम हुँदै आएको थियो । तर, अहिले प्रतिदिन १९ मिटर मात्रै सुरु खन्न सकिएको छ ।
    निर्देशक भट्टराईले भने, ‘ठेकेदार कम्पनीले एकतिरबाट मात्रै सुरुङ खनेकाले गति घटेको हो । कतिपय अवस्थामा मेसिन पनि पुराना भए । काम हुन सकेन । अर्को, प्राविधिक समस्याका कारण पनि यस्तो भएको हो ।’

    खनिसक्न भदौसम्म लाग्न सक्छ

    आयोजनाले सुरुङ खन्ने सम्पूर्ण काम आगामी जेठसम्म सक्ने जनाएको छ । यसका लागि ठेकेदार कम्पनीले प्रतिदिन ३१ मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ । तर, ठेकेदार कम्पनीले अहिले प्रतिदिन १९ मिटरका दरले मात्रै सुरुङ खन्दै आएको छ ।
    यही दरले सुरुङ खनिए बाँकी रहेको सुरुङ खन्न भदौसम्म लाग्न सक्छ । आयोजनाका अनुसार खानेपानीका लागि अझै पाँच दशमलव ६०८ किमि सुरुङ खन्न बाँकी छ । २७ दशमलव ५८४ किमि सुरुङमध्ये २१ दशमलव ९७६ किमि सुरुङ खनिसकिएको छ । मेलम्ची खानेपानीको सुरुङ खन्ने काम करिब ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij