बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

वनदेवीको पूजा गरी बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • बाँके, १४ पुस – बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ ।

    पाठेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा कार्यालयमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले वनदेवीको पूजाआजा सो कार्यको शुभारम्भ गरेका हुन्

    जेड एसआइ नेपालको सहयोगमा बाँके निकुञ्ज कार्यालय र बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषकोे संयुक्त पहलमा क्यामेरा ट्रयापिङको माध्यमबाट बाघको गणना गरिने भएको हो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार निकुञ्ज स्थापना कालदेखि नै बाघको निकुञ्जमा बसोबास भएकाले प्रत्येक वर्ष गणना हुँदै आएको र बाघको उपयुक्त स्थलका रुपमा लिइएको यस निकुञ्जमा प्रत्येक वर्ष झै यस वर्ष पनि बाघको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे

    मध्यवर्ती वन र सामुदायिक वन समेटेर १२२ वटा ग्रिडलाई दुई भागमा विभाजन गरी १३० वटा क्यामेरा जडान गरिएको छ । गणना गर्दा ग्रिडअनुसार बाघ हिँडने सम्भावित क्षेत्रमा क्यामेरा राखिने र प्रति ०.३ सेकेन्डमा तीन पटक फोटो खिच्ने र फोटो क्यामेरामै सुरक्षित राख्ने पछि सफ्टवयरको माध्यमबाट निकालिने जेड एसआइका प्राविधिक शैलेन्द्रराज अधिकारीले जानकारी दिए ।

    प्रत्यके वर्ष गरिँदै आएको गणनामा हाल बाँके राष्ट्रिय निकुञ्जमा सात वटा बाघ रहेका छन् । सन् २०१३ मा गरिएको गणनामा तीन वटा, २०१४ मा चार वटा, २०१५ मा छ वटा र २०१६ मा नौ वटा देखिएको थियो तर दुई वटा बाघ भने बर्दिया र बाँकेको उस्तै देखिएकाले सात वटालाई मान्यता दिइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij