बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

थुनेलो रोग निको पार्ने औषधि पहिचान

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ ।

    नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण गर्दा यो औषधि उपयुक्त ठहरिएको कार्यक्रम प्रमुख डा माधवप्रसाद आचार्यले बताए ।

    अनुसन्धानले अन्य औषधिहरू जस्तै टेटरासाइक्लिन, क्लोरामफेनिकोल, इन्रोफ्लोक्सासिन पनि प्रभावकारी नै देखिए पनि पेनिसिलिन भने न्यून प्रभावकारी देखिएको उनले बताए ।

    दुहुना पशुको कल्चौडो र थुनमा समस्या भइ दूध उत्पादनमा कमी गराउने रोगलाई थुनेलो भनिन्छ्र । थुनेलो रोग दुहाना पशुमा आर्थिक नोक्सान गर्ने रोगमध्ये एउटा प्रमुख रोग हो ।

    परिषद्की अनुसन्धानकर्ता डा गीता पाण्डेका अनुसार थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई किसिमका हुुन्छन् । थुनेलो भएमा थुन, कल्चौडो सुनिने, दूधमा रगत देखिने, साना साना चोक्टा हुने, कल्चौडो र थुन छाम्दा कडा र तातो हुने तथा दूध उत्पादनमा निकै कमी आउने र समयमा उपयुक्त औषधि उपचार नगरे थुन कानो हुने र थुन झर्न पनि सक्ने बताइन् । लक्षण नदेखिने थुनेलो भएमा कल्चौडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने उनले बताइन् । थुनेलो रोग विभिन्न किटाणुबाट लाग्दछ् ।

    राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमद्वारा आव २०७२÷७३ मा चितवनको माडी र कास्कीका १२० गाईका ४८० दूधका नमुना परीक्षणमा गर्दा ५०.४ प्रतिशत लक्षण नदेखाउने किसिमको थुनेलोको प्रकोप देखिएको प्रमुख आचार्यले बताए । जसमध्ये स्टाफाइलोकोकसले ३४ प्रतिशत, इकोलाइले २२.८ प्रतिशत, इस्ट्रेप्टोकोकसले ११.४ प्रतिशत, सिउडोमोनसले चार प्रतिशत, स्टाफाइलोकोकस र इकोलाईको संयुक्त १५.२ प्रतिशत र अन्य किटाणुद्वारा ११.४ प्रतिशत थुनेलोको सङ्क्रमण गराइएको पाइएको छ ।

    रोग लाग्न नदिनका लागि गाई, गोठ र काम गर्ने मान्छेको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । दूध सुकाउने बेलामा थुनभित्र एन्टिबायोटिक औषधि राखेर छोड्नु राम्रो हुने परिषद्का डा शिवहरि घिमिरेको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij