बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

प्राधिकरणका सिइओलाई सरकारले सोध्यो स्पष्टीकरण

  • प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३



  • काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेको छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सात दिनभित्र स्पष्टीकरण दिन भनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ज्ञवालीलाई बिहीबार नै स्पष्टीकरणपत्र पठाएको मुख्यसचिव डा. सोमलाल सुवेदीले बताए । यो खबर आजको नयां पत्रिकामा छ ।

    ‘सात दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने, ‘बिहीबार नै चिठी दिइसकिएको छ ।’ पुनर्निर्माणको काम सुस्त भएको र भूकम्पपीडितले समयमै आवास अनुदान नपाएको भन्दै ज्ञवालीसँग सरकार रुष्ट थियो । अघिल्लो सरकारले सिइओ नियुक्त गरेका ज्ञवालीको काम–कारबाहीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमा नै आलोचना गरेका थिए ।

    १० पुस ०७२ मा प्राधिकरणका सिइओ नियुक्त भएका ज्ञवालीलाई एक वर्ष चार दिनपछि हटाउने प्रक्रिया सरकारले थालेको छ । नगर विकास कोषका कार्यकारी निर्देशक रहेका ज्ञवालीलाई सरकारले पाँच वर्षका लागि प्राधिकरणको सिइओ नियुक्त गरेको थियो ।

    के–के गर्‍यो प्राधिकरणले ?
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका चार लाख ५२ हजार घरधनीले निजी आवास निर्माणका लागि अनुदान प्राप्त गरेका छन् । अनुदान प्राप्त गर्ने छनोट सूचीमा परेका ६ लाख २६ हजार पीडितमध्ये पाँच लाख ४२ हजार परिवारसँग अनुदान सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएलगत्तै ४५ दिनभित्र सम्पूर्ण पीडितलाई पहिलो किस्ता दिन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दिएको समय–सीमामा ७० प्रतिशत पीडितले पहिलो किस्ता रकम पाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij