बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री कार्यालयको सूचनामा सचिवको आँखा

  • प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३



  • काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्माको कार्यशैलीका कारण कतिपय अवस्थामा प्रधानमन्त्री प्रचण्ड समेत अप्ठ्यारोमा पर्ने गरेको आजको जनआह्वान साप्ताहिकमा खबर छापिएको छ ।

    जनताको काम नगर्ने, सेवा प्रवाहमा ध्यान नदिने केवल साना मसिना विषयमा मात्रै कार्यकारी प्रमुखलाई अल्झाएर राख्ने समाचारमा आरोप लगाइएको छ ।

    प्रधानमन्त्री कार्यालयमा आफ्ना निकटलाई भेला पारेर उनले भन्ने गरेका छन् प्रधानमन्त्रीबाट सबै काम गराउन सक्छु म तिमीहरु के को चिन्ता मान्छौ ?

    सचिव शर्माको कार्यशैलीबाट मुख्य सचिव डा सोमलाल सुवेदी समेत हैरान भएका छन् ।

    सचिव शर्माको प्रमुख दाउ भने अर्कै रहेको छ । उनी हालका मुख्य सचिव डा सुवेदीलाई महालेखापरिक्षकको कार्यालयमा पठाएर मुख्य सचिव बन्ने दाउमा रहेका छन् । तर त्यो आशय गलत हो भन्ने देखाउन पनि उनले महालेखापरिक्षक बन्ने भन्दै निवेदन समेत दर्ता गराएका छन् । विगत सात महिनादेखि महालेखा परिक्षकको कार्यालयका प्रमुख खाली रहेको छ । मुख्य सचिव सुवेदीलाई उता पठाउन सकियो भने आफू मुख्य सचिव बन्न पाइने वा त्यसो नभएको खण्डमा महालेखापरिक्षक भने जसरी भएपनि बन्ने उनको मनसाय रहेको छ ।

    सुचनामापनि सचिव शर्मा

    टंकमणि शर्माको अर्को महत्वपूर्ण विशेषता भनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको महत्वपूर्ण सूचना विभिन्न शक्तिकेन्द्रमा पु¥याउनु रहेको समाचारमा उल्लेख छ । प्रधानमन्त्रीलाई कस कसले भेट्छन् , के के कुराकानी हुन्छ, कुन कुन नयाँ योजना बन्छन् ती सबै योजना उनले शक्तिकेन्द्रमा पु¥याउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij