आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सत्ता छाड्न परे ओली महन्थलाई नयाँ प्रधानमन्त्री बनाउन तयार

  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०७७



  • काठमाडाैं।प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन तयार देखिन्न । तर जसपा एकढिक्का छैन ।

    राजनीति फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलिएको छ । यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि नजुटे संसद् विघटन स्वतः हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचन मिति तोक्नेछिन् ।

    ओलीले पटक पटक निर्वाचन नै अन्तिम विकल्प हो भनेका छन् । अर्थात् प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेका थिइनँ भन्ने ओलीलाई देखाउनु छ । त्यो अग्रिम चुनावबाट मात्र सम्भव छ । र, यो वातावरण माओवादीले समर्थन झिकेपछि मात्र बन्छ ।

    त्यही कारण त प्रचण्ड समर्थन झिक्न सकिरहेका छैनन् । ढाल्न चाहेको सरकारको टेको बनिरहेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij