बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती जडान सुरु

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार पहिलो चरणमा अनामनगरमा जडानको काम भइरहेको छ ।

    कामपाले आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत सौर्यबत्ती जडान गर्ने लक्ष्य लिएको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा चार सय खम्बा राखिने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

    दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौंँ प्लाजा, कमलपोखरी तथा गौशालामा राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार र पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा तीन सयसौर्य बत्ती जडान गरिने बताइएको छ । त्यसैगरी तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुल, तीनकुने, कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर तथा भीमसेनगोला हुँदै सिनामङ्गल चोक रहेका छन् ।

    निर्माणका लागि जिम्मा पाएको कम्पनीले एउटा खम्बाको वार्षिक रु आठ हजार सात सय रोयल्टी कामपालाई बुझाउनुपर्ने छ । सम्झौतानुसार निर्माण अवधिबाहेक १० वर्षपछि सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ । जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै व्यहोर्ने छ । कामपाले एक हजार दुई सय ८५ सौर्यबत्ती जडान गर्ने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij