बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ग्यास लिक भएर मध्यरात गोंगवुमा आगलागी

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • काठमाडौं । काठमाडौं महानगरपालिका –२९ स्थित मित्रनगरमा शनिवार राती आगलागी भएको छ । विनोद बज्रचार्यको जग्गा भाडामा लिएर चितवनका थम्ब बहादुर थापाले निर्माण गरेको फलाम र जस्ताको भवनमा राती करिब साँढे ११ बजे ग्याँस लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    ‘ग्याँस लिक तथा विद्युत्त शर्ट भएर आगलागी भएको बुझिएको छ’ महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी गोविन्द पुरिले भने, ‘त्यहाँ सञ्चालित कोल्ड स्टोर, फेन्सी तथा क्याफे पुर्णरुपमा जलेको छ ।’

    भवनको भुँइतल्लाका ११ ओटा सटरमा कोल्ड स्टोर, फेन्सी र क्याफे सञ्चालन गरिएको थियो । माथिल्लो तल्लामा रेष्टुरेण्ट निर्माणाधिन अवस्थामा रहेको बताईएको छ । भवनमा सञ्चालित सवै पसल तथा रेष्टुरेण्ट थापा एक्लैले सञ्चालन गर्दै आएका थिए ।

    उनले करिब तिन करोडको क्षती भएको दावी गरेका छन् । तर क्षतीको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मध्यरात सल्किएको आगो दमकलको सहायतामा शसस्त्र प्रहरी र जनपद प्रहरीले नियन्त्रणमा लिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij