बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नयाँ वर्षमा मापसे ड्राइभिङ अहिलेसम्मकै अत्याधिक, ४५९ चालक कारवाहीमा

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • काठमाडौं ।  अंग्रेजी नयाँ वर्षको अवसरमा मादक पदार्थ सेवन (मापसे) गरेर ड्राइभिङ गर्नेहरुको संख्या हालसम्मकै अत्याधिक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
    उपत्यकाका तीन जिल्लामा प्रहरीले शनिवार न्युइयर इभको अवसरमा साँझ सात बजेदेखि विहान चार बजेसम्म मापसे जाँच गरेको थियो ।
    ‘हामीले उपत्यकका एक सय भन्दा बढी स्थानमा मापसे चेकिङ गरेको थियौं’ ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले भने, ‘मापसे गरेर सवारी चलाउने ४५९ जनालाई कारवाहीको दायरामा ल्याएका छौं ।’ उनका अनुसार यो तथ्यांक हालसम्मकै उच्च हो ।
    ट्राफिक प्रहरीले विशेषगरी ठमेल र दरबारमार्ग क्षेत्रमा हुने मापसे ड्राईभिङ नियन्त्रण गर्न कडा जाँच गरेको थियो ।
    न्यु ईयर इभ मनाउन ठमेल र दबारमार्ग क्षेत्रमा पुगेका अधिकांश ब्यक्तिहरु मदिराको नशामा लठ्ठिएका देखिन्थे ।

    ‘ठमेल र त्यस आसपासमा बढी मापसे गरिने हुनाले त्यस क्षेत्रमा चेकिङ कडा पारेका थियौं’ ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले भने, ‘उपत्यकाको तिनवटै जिल्लामा चेकिङ थियो, दुर्घटनाको सम्भावनालाई हेरेर ठमेल आसपामा हामी अलि फोकस भएका थियौं ।’
    पहिले १० देखि १२ जनामात्र मापसे गरेका चालक फेला पर्ने ललितपुरको सातदोवाटो चोकमा शनिवार राती ४२ जना चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    शनिवार लेन अनुसशानसन उल्लंघन गरेबापत ४९, निषेधित स्थानमा पर्किङ ३, जेब्रा क्रसिङमाथी सवारी रोक्ने ११ तथा अन्य १२०३ गरी कुल १७२५ सवारी कारवाहीमा परेको महाशाखाले जनाएको छ ।
    मापसे जाँचमा कडाई गरेका कारण अंग्रेजी नयाँ बर्षको साँझमा उल्लेख्य दुर्घटना नभएको एसएसपी बस्नेतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij