बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

क्षमता विस्तार गर्दै नख्खु कारागार

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • ललितपुर । नख्खु कारागार छिट्टै सात सय ५० जना क्षमताको बन्ने भएको छ ।

    भूकम्पका समयमा भत्किएका भवनको पुनःनिर्माण र निर्माणाधीन भवन सम्पन्न भएपछि कारागारको क्षमता बढ्न लागेको होे । अहिले सञ्चालनमा रहेका कम्युनिटी रिह्याब सेन्टर (सिआरसी) र ड्रग्स रिह्याबिटेसन सेन्टर (डिआरसी)को पुनःनिर्माण हुने भएको छ ।

    दुवै भवन दुई सय ५० क्षमताका हुनेछन् । गत वर्षदेखि सञ्चालनमा आएको नयाँ भवनको क्षमता एक सय २५ जनाको छ । एक सय जना क्षमताको महिला कारागारको निर्माणसमेत अघि बढेको कारागार प्रमुख टेकबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण भइरहेका र हुने क्रममा रहेका भवनको निर्माणपछि यहाँको क्षमता बढ्दै छ । अघिल्लो वर्ष नयाँ भवन नबन्दासम्म कारागार एक सय ५० जना क्षमताकोे थियो ।”

    कारागारमा अहिले छ सय ५५ कैदीबन्दी छन् । मुलुकका अन्य स्थानका कारागारभन्दा सो कारागार अहिले पनि सुविधासम्पन्न भएको प्रशासनको जिकिर छ । अरु कारागारबाट समेत कैदीबन्दी नख्खु कारागारमै सर्नका लागि पहल गर्छन् । अरु जिल्लाका कारागारमा बसेर आएका आन्तरिक प्रशासनका कर्मचारी नख्खु कारागार अरु स्थानका कारागारभन्दा सहज र राम्रो वातावरण भएको बताउँछन् ।

    उनीहरु भन्छन्, “अरु ठाउँमा भन्दा बस्न पनि सहज छ र अरु आवश्यक कुरा पनि उपलब्ध छन् ।” भूकम्पका कारण कारागार कार्यालय, सिआरसी र डिआरसी ब्लकमा क्षति पुगेको थियो । कार्यालय भुइँतले भवन बनाएर सारिएको छ ।

    दुई तलामा रहेका सिआरसी र डिआरसी ब्लकका कैदीबन्दी अहिले तल्लो तलामा मात्रै बस्दै आएको लेखा अधिकृत मित्रलाल शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “माथिल्लो तलामा बस्न नमिलेपछि अरु कैदीबन्दी पालमा बस्दै छन् ।” झन्डै एक सय कैदीबन्दी पालमुनि सुत्दै आएका छन् ।

    झन्डै पाँच सयको हाराहारीमा कैदीबन्दी हुने गरेकामा नयाँ भवन बनेपछि त्यो सङ्ख्या बढेको छ । नयाँ भवनको सरकारी नियमअनुसारको क्षमता एक सय १५ भए पनि दुई सयभन्दा बढी कैदीबन्दी बसिरहेका छन् ।

    जिल्ला अदालत ललितपुरबाट फैसला भएका निर्णयका आधारमा वा अन्य जिल्लाबाट सो कारागारमा कैदीबन्दी यहाँ आइरहेका छन् । मानसिक अस्पताल ललितपुरमा हुनाले गर्दा पनि जिल्लाबाट मानसिक रोगी कैदीबन्दी सरुवा भएर आउने गरेका छन् ।

    कारागारमा अहिले मानसिक रोगको अस्पताल बन्ने प्रक्रियासमेत सुरु भएको छ । कारागार प्रमुख केसी भन्नुहुन्छ, “अस्पताल बनेपछि कैदीबन्दीको सङ्ख्या अझै बढ्नेछ ।” रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij