बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

न्याय खोज्दै दलित महिला सदरमुकाममा

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • डोल्पा । डोल्पाको ग्रामिण भेगमा बसोबास गर्ने एक महिलालाई श्रीमानले मरणाशन्न हुनेगरी कुटेपछि न्यायको खोजीमा ६ दिनको पैदलयात्रा गरेर सदरमुकाम दुनै पुगेकी छन् ।
    काईगँउ गाविस वडा नं ९ बस्ने २४ बर्षिया बिसाकुमारी बि.क आफ्नै श्रीमान्को कुटाइबाट सख्त घाइते भएपछि न्याय माग्न सदरमुकाम दुनै आएकी हुन् ।
    काखकोे २ बर्षिया छोरा च्यापेर सदरमुकाम पुगेकी बिसाकुमारीलाई घरका श्रीमान,सासु,ससुरा र नन्द समेतले बारम्बार कुट्ने तथा गाली बेईज्जती गर्ने गरेको पीडित महिलाले बताइन ।
    बर्षौदेखि बिभिन्न वहानामा अमानविय ढङ्गबाट कुटाईखाने गरेपनि गाँउका भद्रभलाद्मीको अनुरोधमा मिलाउँदै आएकोमा यसपटक भने सहनै नसेकेर न्यायको ढोका घच्घच्याउँन प्रहरीकहाँ पुगेको उनले बताईन् ।
    ‘श्रीमानले रोटी बनाउने तावाले टाउकोमा हिर्काएर रक्ताम्य बनाएको छ’ उनले रुँदै भनिन् ।
    श्रीमानको कुटाबाट घाइते भएकी उनको अनुहार तथा शरीरमा निलडाम परेका देखिन्छन् । श्रीमान गणेश बि.क संग प्रेम विबाह भएको उनको एक बर्ष नबित्दै यस्तो घटना भएको हो ।
    पटक पटक कुटाइ खानुपरेको भन्दै उनले अव श्रीमानसंग नबस्ने निधो गरेकाले छुटाईदिन आग्रह समेत गरेकी छन् ।
    गम्भिर कुटाई खाएर आएकी बिकको अनुहार र टाउकोमा गम्भिर चोटलागेकाले उपचारको व्यबस्था मिलाईएको महिला तथा बालबालिका कार्यालय डोल्पाले जनाएको छ ।
    दिनरात नभनेर जंगलको बाटो भोकभोकै न्याय खोज्न पुगेकी उनि अहिले आफन्तकोमा राखिएको महिला कार्यालयले जनाएको छ ।
    प्रहरीका अनुसार पीडितको उजुरीपछि पीडकलाई पक्राउ गरिएको छ । सरोकारवालाहरुको छलफलबाट पीडित महिलालाई राहत मिल्नेगरि न्यायको व्यबस्था मिलाईने जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख नायव उपरीक्षक सुमित खड्काले जनाए ।
    पछिल्लो समयमा महिला माथि हुने घरेलु हिंसा संङ्ख्यात्मक हिसाबमा बढेहेपनि न्युनिकरणका लागी जिल्लामा स्थापित सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुले काम गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij