बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मतदाता नामावली सङ्कलन सुरु

  • प्रकाशित मिति : सोमवार, पुस १८, २०७३



  • कपिलवस्तु । कपिलवस्तु जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि १३९ वटा स्थानमा ११ टोली परिचालन गरेको छ ।

    नामावलीमा नाम दर्ता गराउन छुटेकालाई समावेश गर्नका लागि आइतबारदेखि टोली परिचालन गरेको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आगामी माघ १७ गतेसम्म चल्ने अभियानमा ५÷५ जनाको टोली परिचालन गरिएको छ । जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकाका ८६ वडामा अभियान सञ्चालन गर्ने लक्ष्य छ । अहिले कपिलवस्तुमा दुई लाख ७१ हजार ३९४ मतदाता रहेका छन् ।

    दाबी विरोध समेतको माध्यमबाट विवाह, बसाइँसराइ, मृत्युसम्बन्धी त्रुटि पूर्ण विवरणउपर दाबी विरोधको माध्यमबाट तोकिएको अवधिभित्र आआफ्नो विवरण सच्याइ अन्तिम मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग पुग्ने अभियानको उद्देश्य रहेको छ ।
    जिल्लामा २०७३ असोज मसान्तसम्ममा दुई लाख ७३ हजार ४०८ जना निर्वाचन कार्यालयमा दर्ता भएकाको सङ्ख्या छ ।
    जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकामा नामावली सङ्कलनका लागि १ सय ३९ स्थानमा कम्तीमा दुई दिनका दरले दर्ता कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij