प्रकाशित मिति : बुधबार, पुस २०, २०७३
जिल्लाको मध्यविन्दु नगरपालिकामा रंगशाला निर्माणका लागि महोत्सव आयोजना गरिएको छ । चोरमारा युवा क्लबको आयोजनामा यही माघ २१ गतेदेखि फागुन १ गतेसम्म महोत्सव आयोजना गरिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पूर्व-पश्चिम राजमार्गको मध्यभागमा अवस्थित मध्यविन्दु नगरपालिकमा खेलकुद गतिविधि सञ्चालनका लागि व्यवस्थित मैदानको अभाव भएको भन्दै स्थानीय रंगशाला निमार्णका लागि जुटेका छन् । रंगशाला निर्माणका लागि १ करोडभन्दा बढी रकम लाग्ने र त्यसका लागि नगरपालिकाले ३५ लाख र विदेशमा रहेका युवाहरुले २५ लाख रुपैयाँ सहयोग गरेका छन् । थप रकम संकलन र स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष श्याम पौडेलले जानकारी दिए ।
महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरीएको छ । साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति, जनजातिहरुको झाँकी तथा स्थानीय खानाको परिकारको प्रदर्शनी समेत गरिने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij