बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पाईप अभावमा स्वास्थ्य चौकी खानेपानी विहीन

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • काभ्रे ।  काभ्रेको कोसिपारिस्थित चौवास गाविसमा रहेको स्वास्थ्य चौकी भवनमा पाईप लाईनको अभावका कारण खानेपानीबाट बञ्चित भएका छन् । भौतिक संरचना सुन्दर र आधुनिक रहेपनि खानेपानी अभावमा समस्या खेप्नुपरिरको कर्मचारीले बताए ।

    करिब डेढ करोड खर्च गरेर भवन निर्माण विभागले निर्माण गरेको यो भवन कोशीपारीकै नमुना भवन हो । तर सो स्वास्थ्य चौकीमा ५ सय मिटर पाइपको अभावले गर्दा खानेपानीको समस्या खेप्नु परेको हो । स्वास्थ्य चौकी भवनमा नै पानीको समस्या परेपनि अहिले गाउँभरि खानेपानीको व्यवस्था भएको छ । एक वर्ष अघिदेखि सो भवनबाट सेवा दिँदै आएकोमा खानेपानीको अभावमा विरामीले चाहेजति पानी खान नपाएको गुनासो सेवाग्राहीहरुको छ ।

    ‘विरामीलाई समेत पानी दिन गा¥हो भइरहेको छ ।’ चौवास स्वास्थ्य चौकीका इञ्चार्ज भूमिका मगरले भनिन् । उनका अनुसार विहानै उठेर आधा घण्टा लामो दूरीबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छ । ‘आफ्नो लागि ल्याएको पानी आफूले प्रयोग गर्ने मात्र होइन, सेवाग्राही र शौचालयमा समेत प्रयोग गर्नुपर्छ ।’ मगरले भनिन् ‘विरामीलाई औषधी दिंदा समेत पानी अड्कलेर दिनुपर्ने बाध्यता छ ।’ यो भवन निर्माण भएको करिब १ वर्ष भएपनि खानेपानीको अभाव हुनु विडम्बनाको कुरा रहेको मगरको भनाई छ ।

    ६ जनाको दरबन्दीमा २ कर्मचारी
    एकातिर खानेपानीको समस्या त छ नै तर ६ जनाको दरबन्दीमा २ जना कर्मचारीले मात्रै सेवा दिनुपर्दा कार्यालय सञ्चालनमा समस्या भएको इञ्चार्ज भूमिका मगरले बताईन् । कार्यालय सहायक सहितको ६ जना दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा हाल २ जना मात्र कर्मचारी कार्यरत छन् ।

    कार्यालय सहायक नहुँदा पनि पानीको जोहो गर्न गा¥हो भएको इञ्चार्ज मगरले बताईन् । ‘सहायक भएको भएपनि पानीको जाहो गर्न सजिलो हुन्थ्यो ।’ उनले समस्या दर्शाउँदै भनिन्, ‘म आफै पानीको लागि धाउनुपर्छ ।’ त्यहीबाट सेवाग्राही र शौचालयको लागि समेत पुर्याउन बाध्य छु ।’ उनले थपिन् । कर्मचारी पूर्तिको लागि आफूले जिल्ला स्वास्थ्य कार्यालयमा बारम्बार भन्दा पनि सुनवाई नभएको मगरको गुनासो रहेको छ । मगरका अनुसार यस कार्यालयमा अझै पनि २ जना अनमी, १ जना सीएमए र एक जना सहायकको आवश्यकता रहेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन सापकोटाले भने छिट्टै पूर्णता दिने बताए । ‘एक जना केही भर्खरै सरुवा भएको हो, त्यस ठाउँमा तत्काल पठाउने तयारी गरिरहेका छौं ।’ सापकोटाले थपे ‘अरु बाँकी छिट्टै लोकसेवाबाट पठाउँदै छ भन्ने जानकारी आएको छ, पठाएपछि त्यहाँ पूर्णता दिनेछौं ।’

    ‘कार्यालय सहयोगीको आवश्यक्ता भएको हो, त्यसको लागि पनि छिट्टै ब्यवस्था गरि पठाउँदै छौं ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सापकोटाले भने ।

    पाईप लिन आउन अनुरोध
    चौवास स्वास्थ्य चौकीमा पुग्दा पाईपको अभावका कारण खानेपानी समस्या ब्यहोरेको देखेपछि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलले पाईपको ब्यवस्था गर्ने बताएको छ । ५ सय मिटर पाईपकै अभावका कारण यस स्वास्थ्य चौकीमा खानेपानीको अभाव रहेको खुलासा भएपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहनलाल जैसीले आफूले पाईप उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका हुन् । ‘यो कुरा लिएर मेरो कार्यालयमा कोही पनि आउनुभएको छैन ।’ जैशीले भने ‘यो कुरा सुनेर मलाई सा¥है दुःख लाग्यो, तुरुन्तै पाईप लिन आउनुहोला ।’ उनले भने । चौवास गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्न पुगेका जैसीले शौचालय मात्र भएर पानी छैन भने त्यसको अर्थ नभएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij