आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जसपाका दुवै पक्षलाई एक अर्कालाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउन निर्वाचन आयोगको ताकेता

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २३, २०७८



  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आज साँझसम्म बुझाउन निर्देशन दिएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै समूहलाई कारबाहीसम्बन्धी कागजात बुझाउन आजसाँझ सम्मको म्याद दिनुभएको हो ।

    जसपाका दुवै पक्षले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा नपुगेको भन्दै अनुसूची १८ को फाराम भरेर बुझाउन समयसीमा दिएको आयोगले जनाएको छ ।

    आयोगले बुधबार दुवै पक्षले पठाएका पत्र कानुन बमोजिम नभएका भन्दै खारेज गरेर राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको फाराम भरेर बुझाउन निर्देशन दिएको थियो ।

    यादव समूहले भने आयोगले पठाएको पत्र बमोजिमका कागजात बिहीबार नै बुझाएको छ ।

    ठाकुर समूहलाई आयोगले केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची १८ अनुरुपको फाराम भरेर पठाउन भनेको थियो ।

    तर, उसले अहिलेसम्म नबुझाएपछि आयोगले ताकेता गरेको हो । यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गर्नुभएको थियो ।

    त्यसको जवाफमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएको थियो ।

    आयोगको पत्रको जवाफ यादव समूहले बिहीबारै बुझाए पनि ठाकुर समूहले अहिलेसम्म नबुझाएको आयोगको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij