आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेमा कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहद प्रस्ताव

  • प्रकाशित मिति : आइतवार, अशोज ३, २०७८



  • काठमाडौं । नेकपा एमालेले पार्टीका तीनवटा प्रतिवेदन माथि छलफल सुरु गरेको छ ।

    आइतबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धि प्रतिवेदन र सांगठानीक प्रतिवेदनमाथि छलफल भएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

    आजको छलफलमा केही नेताले प्रतिवेदन माथि आफ्नो विचार राखेका थिए । भोलि दिउँसो १ बजेबाट बस्ने बैठकमा थप छलफल हुने उनले बताए ।

    एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको सांगठानीक प्रतिवेदनले प्रस्ताव गरेको छ । यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो ।

    त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुनका लागि ७० वर्षे उमेरहदको व्यवस्था कायम राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij