आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि ल्वाङ्ग

  • प्रकाशित मिति : बिहिबार, माघ १३, २०७८



  • ल्वाङ्ग सामान्यतयाः घरमा खानाका विभिन्न परिकार तयार पार्दा प्रयोग गर्ने गरिन्छ । भान्सामा अत्यधिक प्रयोगमा आउने ल्वाङ्ग एक प्रकारको मसला नै हो । यसले खानाको स्वाद बढाउने र बास्दादार बनाउने काम गर्छ । तर, यसले स्वाद बढाउने काम मात्र गर्दैन स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पनि पुर्याउँछ । ल्वाङ्गले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउँछ । कब्जियतको समस्या पनि कम गर्छ । यसमा भरपुर मात्रामा फाइबर हुने भएकाले यसले रोग प्रतिरोधी क्षमतालाई पनि बढाउने काम गर्छ ।

    ल्वाङ्गमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले गर्दा धेरै प्रकारका रोगबाट बच्न सकिन्छ । यसले मधुमेह र क्यान्सरजस्ता रोगबाट पनि बचाउँछ । यसको सेबनले पाचन प्रक्रिया स्वस्थ रहन्छ भने चिसो मौसममा हुने समस्याहरुबाट पनि बचाउँछ ।

    पुरुषहरुका लागि यसको धेरै नै फाइदा छ । म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट, फस्फोरस जस्ता तत्वहरु पाइने भएकाले यसको सेवनले पुरुषहरुका यौनसम्बन्धी समस्याहरुबाट छुटकारा मिल्छ । यसको सेवनले शरीरमा आइरन र क्याल्शियमको कमी हुँदैन । खाली पेटमा ल्वाङ्गको सेवन गर्दा पाचन प्रक्रिया तन्दुरुस्त रहन्छ ।

    ल्वाङ्गको सेवन दिनमा २ देखि ३ वटा मात्रै गर्ने गर्नुपर्छ । अधिक मात्रामा यसको सेवनले नकारात्मक असर पनि पार्न सक्छ । विशेषज्ञका अनुसार पुरुषमा शुक्रकिटको मात्रा बढाउनु छ भने यसको सेवन गर्न आवश्यक छ । यसले तनावलाई टाढा राख्छ । यसलाई बिहान खाली पेटमा मनतातो पानीसँग खान सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij