शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फेसबुकले यो वर्षको चौमासिकको तथ्यांक सार्वजनिक गर्दै कम्पनीले

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • फेसबुकले यो वर्षको पहिलो चार महिनामा दुई अर्ब डलर मुनाफा कमाएको छ । फेसबुकले यो वर्षको चौमासिकको तथ्यांक सार्वजनिक गर्दै कम्पनीले गएको वर्षको तुलनामा यो वर्ष १८६ प्रतिशतले मुनाफा गरेको जनाएको हो ।गएको वर्ष कम्पनीको मुनाफा ७१ दशमलव ९ करोड थियो । कम्पनीका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले यो खुसियालीमा एक भिडियो सार्वजनिक गर्दै एक चौमासिकमै फेसबुकको व्यवसायले राम्रो कमाई गरेकोमा खुसी व्यक्त गरेका छन् ।

    कम्पनीले सबैभन्दा बढी मोबाइलको विज्ञापनबाट नाफा कमाएको जनाएको छ । कम्पनीको नाफाको ८४ प्रतिशत मोबाइल विज्ञापन भएको जनाएको छ । गएको वर्ष ६ प्रतिशत मोबाइल विज्ञापनबाट कमाएको थियो । सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या जुन ३० सम्ममा १५ प्रतिशतले बढेर १ अर्ब ७१ करोड पुगेका छन् ।

    विज्ञापनवालाहरुले यस्तो आँकडालाई हेरेर विज्ञापन दिने गरेकाले फेसबुकले अझ नाफा कमाउने देखिन्छ । फेसबुकको तुलनामा ट्वीटरका प्रयोगकर्ता जम्मा ३ प्रतिशतले मात्र बढेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij