आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अण्डा खाएपछि दुध पिउनुहुन्छ कि हुँदैन ? के भन्छन् विज्ञ ?

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७९



  • Eggs and a glass of milk on wooden table

    अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा प्रोटिनको उत्तम स्रोत मध्ये एक हो । यसका साथै यसमा फोलेट, भिटामिन बीफाइभ, बी१२, बीटु, डी, फस्फोरस, सेलेनियमजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक अण्डा खाँदा तपाईंलाई शारीरिक तवरले स्वस्थ मात्र राख्दैन, यो तपाईंको छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । तर अण्डा र दुध सँगसँगै खान हुन्छ कि हुँदैन भनेर धेरैजना अन्यौलमा हुन्छन् किनभने अण्डा खाएपछि दुध पिउनेबारे विभिन्न धारणा छन् । धेरैले दुध र अण्डा सँगै खानु निकै फाइदाजनक हुन्छ भन्ने गर्छन्, यस्तै केही मानिसहरु दुधसँग अण्डा खाँदा स्वास्थ्यलाई हानी हुन्छसमेत भन्ने गर्छन् । अण्डा खाएपछि दुध पिउने कि नपिउने ? यसबारे थाहा पाउनका लागि एक भारतीय सञ्चार माध्यमले भारतकी क्लिनिकल न्युट्रिसनिष्ट तथा डायटिसियन गरिमा गोयलसँग कुराकानी गरेको छ । यसलाई अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छ ।

    के अण्डा खाएपछि दुध पिउन सकिन्छ ?

    डायटिसियन गरिमाका अनुसार अण्डा र दुध दुबै पोषक तत्वले भरिपूर्ण खानेकुरा हुन् । अण्डा र दुध फिटनेस प्रेमीहरूको मनपर्ने खाना संयोजन हो । दुवै स्वस्थ बोसो, प्रोटीन, एमिनो एसिड र क्याल्सियमले भरिपूर्ण छन् । जसले गर्दा यसले मस्तिष्कको विकास र मस्तिष्कको कामलाई राम्रो बनाउन मद्दत गर्छ । सामान्यतया अण्डा खाइसकेपछि दुध पिउँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । बरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता, हड्डी, जोर्नी, मांसपेशी बलियो बनाउनुका साथै, तौल व्यवस्थापनमा पनि यो निकै उपयोगी हुन्छ । त्यसैले धेरैजसो हेल्थ एण्ड फिटनेस एक्सपर्टले अण्डा र दुध खान सल्लाह दिन्छन् ।

    के अण्डा खाइसकेपछि दुध पिउनुका केही बेफाइदा छन् ?

    अण्डासँगै दुध पिउँदा स्वास्थ्यलाई हानि हुन्छ कि हुँदैन, यो कुरा तपाईंले अण्डा कसरी खाइरहनुभएको छ भन्ने कुरामा भर पर्छ । यदि तपाईंले काँचो अण्डामा दुधमा मिसाएर खाँदै हुनुहुन्छ भने त्यसले केही समस्या निम्त्याउन सक्छन् । जस्तै, पेट फुल्ने, बेचैनी, पेट दुख्ने,  वान्ता हुने र पखाला लाग्ने जस्ता समस्याहरू देखापर्छन् । तर दुधसँग पकाएको अण्डा खानु पूर्णतया सुरक्षित छ । तर, यदि कुनै व्यक्तिलाई दुई खानेकुराबाट एलर्जी छ भने, यो संयोजन हानिकारक पनि हुन सक्छ । उमालेको वा पकाएको अण्डा खाएपछि दुध खान सकिन्छ तर काँचो अण्डा सँग दुध सकेसम्म नखाएकै राम्रो ।

    अण्डा खाएको कति घण्टा पछि दुध पिउने ?

    आहारविद् गरिमाका अनुसार अण्डा खाएपछि कति समयपछि दुध खाने भन्ने कुराको निश्चित समय छैन । यी दुई सँगै पनि खान सकिन्छ । अण्डा खाएको केही समयपछि असहज महसुस हुन्छ भने केही बेरपछि मात्रै दुध खान सक्नुहुन्छ । दुध र अण्डा सँगै वा भिन्न भिन्न पनि खान सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij