प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
प्यूठानका वाढी र पहिरो पिडितलाई दाङको तुलसीपुर बाट राहात सामाग्री पठाइएको छ । नेपाली सेनाको श्रीमती संघ, रोटरी क्लव डिस्ट्रिक ३२९२ ले वाढी पिडितका लागि विदेशवाट आएको राहात सामाग्री नेपाली सेनाको समन्वयमा प्यूठानका पिडित समक्ष पु(याइएको हो ।
त्यस्तै रोटरी क्लव अफ तुलसीपुर सिटी, तुलसीपुर स्थित सेनाको १९ नम्वर बाहिनी र सेनाको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतवाट संकलन भएको ड्राईफुटहरु वाढी र पहिरो पिडितलाई पु(याइएको हो । जसमा चाउचाउ, विस्कुट, च्यूरा, दालमोट लगायतका खाद्यान्न प्यूठान पठाइएको छ ।
सुर्खेतवाट आएको नेपाली सेनाको हेलिकप्पटरमा प्रितनापती सम्शेर ठाकुराठीको नेतृत्वमा तुलसीपुरवाट संकलित राहात प्यूठानका पिडितकालागि शुक्रवार विहान पठाइएको हो ।
उक्त राहात सामाग्री लगेर प्रितनापति, तुलसीपुरको १९ नम्वर वाहिनीका जर्नेल विनोद पाण्डे, राष्ट्रिय अनुन्धानका क्षेत्रीय प्रमुख यतिराज पंगेनी, रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष विरवहादुर रावत (विरु) लगायतका व्यक्तिहरु प्यूठान पुगेका छन् । नेपाल प्रहरीका डिआईजी माधव नेपाल विहीवार नै प्यूठान पुगिसकेका थिए ।
त्यस्तै नेपाली सेनाको श्रीमती संघ र रोटरी क्लव डिस्ट्रिक ३२९२ ले वाढी पिडितका लागि विदेशवाट प्राप्त सहयोग मध्ये १ सय २५ घर परिवारका लागि प्याकेजमा चामल, कम्बल, दाल, जीवन जल , भाँडावर्तन, त्रिपाल र टर्चलाईट उपलब्ध गराएको छ ।तयारी खानामा वाढी पहिरो पिडित १ सय २५ परिवारलाई प्रतिपरिवार ६ प्याकेट चाउचाउ, ५ प्याकेट विस्कुट वितरण गरिने छ ।
त्यस्तै विदेशवाट आएको सहयोगमा कम्मल , भाँडावर्तन, त्रिपाल समान १सय२५ वितरण गरिने छ । त्यस्तै मिनरल वाटर, २० केजी चामल , २ केजी दाल, २ केजी नुन उपलब्ध गराइएको १९ नम्वर वाहिनीका बाहिनी पति एर्व जर्नेल पाण्डेले जानकारी दिए ।विदेशवाट आएको उक्त सहयोग सामाग्री काठमान्डौं वाट सेना समन्वयमा सिधै प्यूठान पठाइएको थियो ।
राहात टोलि संगै नेपाली सेनाका वरिष्ठ डा। नविन भक्त श्रेष्ठपनि पिडितको उपचारका लागि संगै प्यूठान गएका छन् । मौसमका कारण सुर्खेतवाट आएको हेलिकप्टर ५ घन्टा तुलसीपुरको टरिगाउँ एयरपोर्टमा रोकिन पुगेको थियो ।
यसैविच शुक्रवार विहान प्यूठानमा मध्येपश्चिम प्रहरी प्रमुख एवं डिआईजी नेपाल सहित मध्यपश्चिम स्तरिय सुरक्षाकर्मीहरुको बैठकले प्यूठान लगायत आसपासका जिल्लाहरुमा बाढी पहिरोवाट पिडित बनेकाहरुलाई तत्काल राहात र उद्धारमा जुटन् मातहतका यूनिटहरुलाई निर्दैशन दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij