आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

शीतलहरले बालक र वृद्धवृद्धा बढी प्रभावित

  • प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७९



  • विगत केही दिनदेखि तराई–मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन् । 

    चिसोले बालबालिकामा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा प्रमोद यादवले बताए । रुघा खोकी, निमोनियाजस्ता समस्याबाट पीडित भएर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताइएको छ । 

    चिसो बढेपछि बिहानीपखको चहलपहलमा कमी आएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले बताए । चिसोबाट जोगिन ठाउँठाउँमा आगो बालिएको जनकपुरधाम उपमहानगरपालिका–१६ का परमेश्वर साह बताउँछन् ।
     
    मधेस प्रदेशको राजधानी जनकपुरधाममा आजको तापक्रम आठ डिग्रीमा झरेको र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन भएको छ । 

    चिसो बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको श्री जनता माविका शिक्षक वीरेन्द्र यादव बताउँछन् । उनले भने, “कतिपय विद्यालयमा अर्धवाषिक परीक्षा चलेकाले विद्यार्थी परीक्षाका लागि आएका छन् ।” 

    मधेस प्रदेशमा रहेका अतिविपन्न वर्गका व्यक्तिलाई पर्याप्त मात्रामा लुगाफाटा तथा ओढ्ने ओछ्याउने कपडा नभएकाले समस्यामा परेका दलित अभियन्ता रामप्रित दास बताउँछन् । कुहिरोले जनकपुरधाम–काठमाडौँ र काठमाडौँ–जनकपुरधाम विमान सेवा आंशिकरूपमा प्रभावित बनेको बुद्ध एयरका जनकपुरधाम प्रमुख विजयप्रसाद सिंहले बताए ।

    जाडो बढेपछि त्यसबाट सुरक्षित रहन गरिब, विपन्न तथा यात्रीलाई लक्षित गरेर जनकपुरको ठाउँठाउँमा दाउरा ल्याएर आगो बालिएको छ । जनकपुरधाम उपमहानगरपालिका, स्थानीय सुरक्षा निकाय तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा आगो बाल्ने काम भएको हो ।

    आगो बाल्ने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठसहितका सुरक्षा निकायको सहभागिता थियो ।
     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij