शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आगो तापेर रात कटाउँछन् मासखर्कका चेपाङ

  • प्रकाशित मिति : शुक्रबार, माघ ६, २०७९



  • धादिङ । अति गरिब चेपाङ समुदायको मात्र बसोबास भएको क्षेत्र बेनिघाट रोराङ गाउँपालिका वडानम्बर २ को मासखर्क । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा सबैका घरमा समस्या छन् ।

    आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने समुदायको बसोबास भएको मासखर्क अभावले घेरिएको भए पनि गाउँमा विद्यालय भने सञ्चालनमा रहेको छ ।

    ज्याला मजदुरी पाइएको समय पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने गरेका चेपाङ समुदाय वषौंदेखि अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।

    आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाकोमा आश्रय लिएर बसिरहेका १० वर्षीया शान्ति चेपाङ, ८ वर्षीय सुशील चेपाङ र ६ वर्षीय इशाख चेपाङ न्यानो लुगाको अभावमा दाउरा बालेर रात काट्न बाध्य छन् । दिउँसो घाम लाग्छ । जब राति पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरूको दैनिकी हो ।

    यो चेपाङ परिवारको मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारको न्यानो कपडा अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ । एउटा चेपाङ परिवार मात्र होइन । यस क्षेत्रमा सबै चेपाङ समुदायको अवस्था उस्तै छ । खाना खानकै लागि समस्या छ भने लगाउने कपडा अभावमा आगो बालेर रात कटाउनुपर्ने अवस्थामा रहेको स्थानीय कृष्णबहादुर चेपाङ बताउनुहुन्छ ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij