प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
दाङ १४ साउन
दाङको घोराही नगरपालिकाले बालबालिकाहरुलाई खेलकुद सामग्री र ज्ञानबर्दक शैक्षिक सामग्रीहरु वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १० मा रहेका विभिन्न बालक्लबहरुलाई नगरपालिकाले खेलकुदका सामग्रीहरु वितरण गरेको हो ।
वडा नम्बर १० मा रहेका करिब २५ वटा बालक्लबहरुलाई करिब एक लाख मुल्य बराबरका खेलकुदका सामग्रीहरु वितरण गरेको छ । बालक्लबका अध्यक्ष निखिल न्यौपानेको अध्यक्षता तथा घोराही नगरपालिकाका सुचना अधिकृत प्रेम केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाहरुको लागि क्रिकेट, भलिवल, फुटबल, टिटिबल लगाएतका खेलकुदका सामग्रीहरु र विभिन्न शब्दकोश, बाल साहित्य, बालमनोरञ्जनका विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरीएको नगरपालिकाका सामाजिक परिचालक यशोदा केसीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले भौतिक विकास संगै अबको विकास मानविय विकास पनि हुनु पर्ने भन्दै बालबालिकाहरुलाई कर्णधार मात्र भनेर नहुने उहाले बताउनु भयो । बालबालिकाहरुलाई बर्तमानका विकासको साझेदार बनाउन आबस्यक रहेको उहाको भनाई छ । उहाले अहिले नगरपालिकाले बालबालिकाहरुको लागि २० प्रतिशत बजेट विनियोजन हुदै आएको जानकारी समेत दिनुभयो ।
कार्यक्रमको सहजीकरण टाउन प्लान विकास सस्थाका निर्मल न्यौपानेले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij