शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सहमतिमै शारीरिक सम्पर्कपछि १३ वर्षीया बालिकाले जन्माइन् बच्चा

  • प्रकाशित मिति : शनिबार, भदौ १६, २०८०



  • मोरङ । मोरङमा एक १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । एक किशोरसँगको शारीरिक सम्पर्कबाट आठ महिनाअघि गर्भवती बनेकी बालिकाले छोरा जन्माएकी हुन् ।

    बालिकाले बुधबार बिहान २.७ किलोग्रामको बच्चा जन्माएकी हुन् । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।

    विराटनगरकै सुविधा सम्पन्न अस्पतालमा सामान्य प्रसूतिमार्फत बालिकाले शिशु जन्माएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् । बालिकाले पेट दुखेको महसुस गरेपछि अभिभावकले चेकजाँचका लागि भदौ १२ गते मंगलबार अस्पताल भर्ना गरेको पाइएको उनले जानकारी दिए ।

    डाक्टरले परीक्षण गर्दा गर्भ रहेको खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय किशोरसँग बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ । बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’ मा राखी घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि बालकविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँअन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले बताए ।

    १८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क राखे पनि कानुनले त्यसलाई बलात्कार (जबरजस्ती करणी) मानेको छ । बलात्कारमा बालक नै संलग्न रहेको पाइएपछि प्रहरीले घटनालाई अनौठो एवं संवेदनशील मानेर अनुसन्धान अघि बढाएको हो । पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ । डीएसपी दाहालका अनुसार लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा थाहा नभएको अभिभावकले बताएका छन् ।

    कोशी अस्पताल विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अशोक मेहताले अहिलेको खानपान तथा वातावरणको असरका कारण बालिकाहरूमा सानै उमेरबाट महिनावारी सुरु हुने गरेको बताए। ‘खानपान र वातावरणको प्रभावका कारण हर्मोनहरू विकास भएर चाँडै महिनावारी सुरु हुन थालेको छ,’ उनले भने, ‘कतिपयमा ११ वर्षकै उमेरमा महिनावारी हुने गरेको पाइन्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij