शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तिहारमा देउसी भैलोको महत्व

  • प्रकाशित मिति : शनिबार, कार्तिक २५, २०८०



  • काठमाडौं । तिहार भन्ने वित्तिकै देउसी भैलो कानमा गुञ्जिहाल्छ । यमपञ्चकका पाँच दिन फरक फरक तरिकाले मनाइने भएपनि देउसी भैलो यस पर्वको अभिन्न पक्ष हो । पछिल्लो समय देउसी भैलोको सँस्कृतिभित्र विकृति मिसिदै जाँदा यो अनुपम सँस्कृतिको मौलिकता नासिने चिन्ता पनि बढ्न थालेको छ ।

    बिगत ४ दशकदेखि तिहारमा देउसी भैलो भट्याउने ब्यक्तिमध्ये एक बरिष्ठ लोक संस्कृतिबिद टंक केसीले पछिल्लो समय देउसी भैलौ भट्याउने आफना साथी संगीनी नहुँदा र बिकृती भित्रिएका कारण बिगतमा जस्तो घर घरमा गइ देउसी खेल्न छोडेको पनि बषौं भइसकेको बताउनुभयो ।

    सांगितिक पर्व हो तिहार, पौराणिक कथन अनुसार बलिराजाको नाममा खेलिने खेल÷गीत नै देउसी र भैलो हो । यमपञ्चकबाट तिहार सुरु भइ लक्ष्मी पूजाका दिनसम्म खेलिने भैलो र त्यसपछि खेलिने देउसीले नै तिहारको रौनक बढाउने गर्दछ । खासमा ‘देउसिरे’ देवश्री रामबाट अपभं्रश भएर आएको मानिन्छ ।

    अयोध्यावासीले आफ्ना राजाको आगमनमा खुसीयालीमा दियो बालेको र त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको कथन रही आएको छ । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घरघर र टोलटोलमा घुमेका थिए ।

    यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ । अर्को कथनमा निकै दानी राजाा बली प्रत्येक दिन दान गरेर मात्र आफु भोजन गर्थे । उनको यो पुण्यको कामले ठूलो ख्याती पायो ।

    बली राजाले भगवान बिष्णुसंग बर्षमा एक पटक तिहारको बेला घुम्ने बर मागेकोमा विष्णुले बली राजालाई बर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिएको कथन पनि छ । तिहारको बेला बली राजा पृथ्वीमा घुम्न आउने खुशीयालीमा दिप प्रज्वलन गरी नाच्दै गाउँदै घर घर जाने प्रचलन चलेको कथन पनि छ ।

    त्यही भएर देउसी भैलो खेल्नेहरुले आफुहरु बली राजाको हुकुम अनुसार आएको भन्दै भट्याउने गर्छन् । भैलो बिशेष गरी छोरी मान्छेले खेल्ने र देउसी छोरा मान्छेले खेल्ने भए पनि पछिल्लो समय युवा युवती मिलेरै देउसी भैलो खेल्ने गर्दछन् ।

    सांस्कृतिक भेष भुषामा सजिएर घर घरमा गए खेलिने देउसी भैलोमा घरघरबाट गच्छे अनुसारको दान दक्षिणा दिने गरिन्छ । घरबेटीले पनि देउसी भैलो टोलीलाई पाहुना सरह सत्कार गर्ने गरेकोमा अहिले भने समय परिवर्तन भएको छ । त्यसको मुल कारण हो यो संस्कृतिमा भित्रिएको बिकृति ।

    देउसी भैलो हाम्रो संस्कार र संस्कृति हो र यही यही संस्कारलाई जोगाइ राख्न बिभिन्न कलाकारहरुले देउसी भैलोका गीत निकाल्ने गरेका छन् । शहरी संस्कारमा हुर्किएका युवा पुस्तामा भने यसको रस विस्तारै कमजोर बन्दै गएको पाइन्छ । यस्ता अनुपम सँस्कृतिहरुको जर्गेना गर्नु राज्य र समाजको पनि उत्तिकै दायित्व हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij