मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गर्मीले विद्यार्थीहरु बेहोस

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३



  • जलेश्वर । विगत केहि दिनदेखिको प्रचण्ड गर्मीका कारण विद्यार्थीहरु विद्यालयमै बेहोस हुन थालेपछि जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहालले समयानुकुल विद्यालय संचालन गर्न सबै प्रधानाध्यापकहरुलाई निर्देशन दिएका छन् ।

    पत्र काटेर सबैलाई जानकारी गराउन ढिलो हुने भएकाले यसै समाचारलाई आधारमानी पायक पर्ने समयमा जिल्ला शिक्षा कार्यालयलाई समय तालिका उपलब्ध गराई विद्यालय संचालन गर्न उनले निर्देशन दिएका हुन् ।

    सोमवार मात्रै लक्ष्मी चण्डी मुरारका उच्च माध्यमिक विद्यालयका कक्षा ८ र ९ का तिन छात्रा गर्मीले बेहोस भएपछि शिक्षक, प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीलाई अन्य ठाउँमा समेत यस्तो हुने हो कि भनेर चिन्ता परेपछि उनले उर्दी जारी गरेका हुन् ।

    साथै पंखाको व्यवस्था नभएका कक्षा कोठाहरुमा यथाशीघ्र पंखा लगाउन समेत जिशिअले निर्देशन दिएका छन् ।

    यता विद्यालय संचालनको लागि आउने रकमले परिक्षा संचालन तथा अन्य कार्यालय संचालनका सामग्रीका साथै कार्यालय सहयोगीको तलब समेत नपुग्ने भएकोले पंखा किन्न असमर्थ रहेको ल.च.मु.उ.मा.वि.का प्रधानाध्यापक सन्जिव झाले बताएका छन् ।

    विद्यालयका विभिन्न आन्तरिक स्रोत र विद्यालय संचालनका लागि आउने रकमबाट दुई चारवटा पंखा लगाउन कुनै गार्हो नहुने तथा सो रकममा समेत यस्ता आवश्यक कामको लागि समेत रकम छुट्याईको हुनाले केहि संख्यामा पंखा लगाउन खासै गार्हो नमान्नुपर्ने जिशिअको कथन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij