मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सर्लाहीमा तीन यादवको रजगज, तस्करी गराउँदै असुली धन्दा चलाउँदै

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०



  • सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालका हालै भएको सरुवा र नयाँ प्रहरी प्रमुख नआइसकेको अवस्थामा लामो समयदेखि साँढे बनेर रजगज गरेका घुमुवाले विभिन्न नाकालाई तस्करीको अखडा बनाएका छन् । जिल्ला एसपीका घुमुवा प्रहरी रकम असुलीमा लागेपछि सर्लाहीका सीमावर्ती नाकाहरू अहिले तस्करीको अखडा बनेको छ ।

    जिल्लाको त्रिभुवननगर नाकासहित विभिन्न नाकाबाट प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भइरहेको छ । तस्करी रोक्न हालै मधेश प्रदेशको सुरक्षा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कडा निर्देशन जारी गरे पनि मधेश प्रदेशका कुनै पनि नाकामा तस्करी रोकिएको छैन ।

    तस्करहरूको बढ्दो प्रभाव र सक्रियता अनि प्रहरी कै मिलोमतोका कारण यस क्षेत्रका विभिन्न नाकाबाट व्यापक तस्करी भएको हो । सर्लाही जिल्लाको पर्सा, त्रिभुवननगर, मलङ्गवा, भाँडसर खुटौना, फेन्हारा, बहादुरपुर, मधुवन गाउँ, संग्रामपुर, नारायणपुर र बलरा नाकाबाट राजश्व छली गर्दै दिनहुँ “इधरका सामान उधर र उधरका इधर” गर्दै चोरी निकासी हुन थालेको छ ।

    सर्लाहीमा तस्करीको लाइन प्रहरी वरिष्ठ सई अरुण प्रसाद यादव र प्रहरी सहायक हवल्दार राम अयोधी यादवले दिएका हुन । यी सर्लाही प्रहरीका घुमुवा नाइके हुन । अझ रोचक कुरा त के छ भने वरिष्ठ सई यादवको दरबन्दी बाराको इप्रका कोल्भी हो । उनी काजमा संगठनको नीति विपरीत सर्लाही बसेका हुन । वर्षैदेखि सर्लाही मै अड्डा जमाएर बसेका प्रहरी द्धयले व्यापारीलाई तस्करी गराउन लाइन दिएवापत सर्लाहीका प्रहरी प्रमुख धितालसहितका अन्य हाकिमहरूको नामबाट मासिक अवस्था हेरेर २ देखि ४ लाखसम्म लिने गरेको व्यापारीहरू बताउँछन् ।

    बलरा नाकाबाट विजय यादवले प्रहरीद्धय यादवलाई मासिक दुई लाख, संग्रामपुर नाकाबाट उमेशसहितका तीन दाजुभाइले मासिक दुई लाख, राजदेवी मन्दिर हुँदै मंलगवा, गम्हरियाको तस्करी लाइनमा विजय यादव, ईन्दल यादवले मासिक एक लाख ५० हजार, त्यसै नाकाबाट रामविश्वास यादव, प्रकाश यादवले एक लाख ५० हजार, गोरखकाली नाकाबाट ईलेक्ट्रोनिकको मालसमान ल्याउने जयकिशोर यादव मासिक ८० हजार, पर्साबाट कपडा तस्करी गर्ने विजय पुकार मासिक ८० हजार, नेपालबाट भारत चाईनिज मालसामान पुर्याउने तस्कर भाई लोकबाट मासिक ८० हजार, मनोज यादव (बलरा नाका) बाट ८० हजार मासिक रुपमा घुमुवा प्रहरी यादवद्धयले असुली गर्दै आएको समाचार स्रोतको भनाई छ ।

    भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरूमा छड, कपडा, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद, धान, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा किराना लगायतका सामग्रीहरू रहेका छन् । तस्करहरूले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरू चोरी निकासी गर्दै आएका छन् । तस्करहरूले दिनहुँ खुलेआम भारतीय सामग्रीहरू अवैध रुपमा नेपाल भित्र्याउने र यताबाट भारततर्फ निकासी गर्ने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजश्व चुहावट भइरहेको छ ।

    त्रिभुवननगर नाकाबाट तस्करीको लाइन पाउने तस्करहरूमा माधव यादव कपडा, हुसेनी कपडा, ईन्दल यादव कपडा, विजय चौधरी कपडा, मरिच ,केराउ, विजय साह कपडा , सुखा, वीरेन्द्र साह हार्डवेयर, सुबोध हार्डवेयर, भगत जि कपडा , रिता साह सबै थोक, सरिता चौधरी सबै थोक, राजा किराना प्रगास यादव र हिरिया जिरिया किराना, वीरेन्द्र साह कवाड, राकेस साह कवाड, अशोक गुप्ता कवाड, उमेश पटेल पैठारी ,विजय साह किराना, पिकअपमा सन्तोष साह उर्फ सन्तोष डिलर किराना पिकअपमा छन् ।

    यस बाहेक सखुवहाबाट समेत तस्करी भइरहेको छ । ती तस्करीको सामानहरू लालबन्दीसम्म पुग्ने गर्दछ । दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा, सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भइरहेको बताइएको छ ।

    त्रिभुवननगर नाकाबाट उमेश राउत केराउ र छोकडाको तस्करी गरिरहेका छन् । मनिष चौधरी, प्रकाश यादव, राजेश कुशवाह समेतले तस्करीको लाइन पाएका छन् । प्रहरीलाई नै बदनाम गर्ने गरी यी घुमुवा प्रहरी रकम असुलीमा लाग्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजश्व चुहावट भइरहेको छ ।

    एसपीले तस्कर र तस्करीको जालो पत्ता लगाउन घुमुवा परिचालन गरेको भए पनि ती घुमुवाहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक ओमप्रसाद यादवको सेटिङमा तस्करसँग मिलेर असुली धन्दा मच्चाइरहेका छन् । घुमुवाले सेटिङ मिलेका अवैध सामानहरू आफैले स्कर्टिङ गरेर भित्र्याउने तथा सीमा पार गराउने गरेको स्रोत बताउँछ ।

    सर्लाहीको भारसरमा रक्सी भट्टी संचालन गरेवापत समेत घुमुवा प्रहरी यादवद्धयले मोटो रकम असुली गर्दै आएको छ । घरेलु रक्सी भट्टीबाट मदिरा उत्पादन गर्दै आएका रामबाबु पासवान, मनोज पासवान, वीरेन्द्र पासवान, सतो पासवान, राकेश पासवान, रजन राय, शिवजी सहनी, रोहित कलवार, श्रीकान्त कलवारले सगोलमै मासिक ६० हजार प्रहरीले लिने गरेको उनीहरू बताउँछन् ।

    कौडेनाका रामबाबु चौधरी, लुटन मुखिया, रितेश मुखिया, राजु चौधरी, वीरेन्द्र चौधरी, शिव शंकर चौधरीबाट पनि घरेलु मदिरा भठ्ठी संचालनबापत घुमुवा प्रहरीले मासिक रुपमा पैसा लिने गरेका छन् । घुमुवा प्रहरीले घरेलु मदिरा भट्टी संचालकबाट पैसा लिने गरेको स्थानीयहरू बताउँछन् ।
    nepal bahas bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij