मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एकजना गर्भवती महिलाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३



  • दाङ । दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ ।

    दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो ।

    अस्पतालमा सोमबार दिनभर मृत्युको विषयलाई लिएर तनाव सिर्जना भएको थियो ।

    सुत्केरी बेथा लागेपछि अस्पतालमा आइतबार दिउँसो ११ बजे भर्ना भएकी न्यौपानेको राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

    उनका आफन्तले अस्पतालको लापर्बाहीका कारण न्यौपानेको मृत्यु भएको आरोप लगाएका छन् ।

    राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा भोलाराम श्रेष्ठले भने गर्भको पानी रक्तसञ्चार प्रणालीमा गएपछि न्यौपानेको दुर्घटनावस मृत्यु भएको बताउनुभयो ।

    उहाँले यस्तो घटना दुर्लभ हुने भएकाले बिरामीलाई बचाउन असम्भवप्राय हुने जानकारी दिनुभयो । ।

    आइतबार बिहान ११ बजेतिर बेथा लागेपछि सामान्य अवस्थामा ल्याइएकी न्यौपानेको स्थिति राति ९ः३० बजेसम्म सामान्य नै थियो ।

    तर एकाएक गर्भभित्र बच्चा बस्ने ठाउँको पानी आमाको रक्तसञ्चार प्रणालीमा गएकाले बच्चा जन्मिनुअघि नै उनको मृत्यु रातको १२ बजेतिर भएको अस्पताल प्रशासनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij