आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसरी भयो आरआर क्याम्पसमा आगजनी

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७३



  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता गराउने दिन शनिबार विद्यार्थीहरूले  रत्नराज्यलक्ष्मी क्याम्पसको स्टोररुममा आगजनी गरेका छन् । आगजनीबाट क्याम्पसका पुराना कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । अनेरास्ववियु र नेविसंघबीच झडप भएको केहीबेरमा आगजनी भएको हो । तर, आगजनीको कसैले जिम्मा लिएको छैन । आगलागीबाट मानवीय तथा ठूलो भौतिक क्षति नभएको प्रहरीले जनाएको खबर आजको नयाँ पत्रिकामा छ ।

    क्याम्पस हाताभित्र विद्यार्थी परिचयपत्र भएकालाई मात्र प्रवेश गराउने सहमति भए पनि निर्वाचन बिथोल्ने उद्देश्यले गैरविद्यार्थीलाई क्याम्पस प्रशासनले प्रवेश दिएपछि लखेट्ने क्रममा झडप भएको नेविसंघका विद्यार्थी नेता उत्तम साउदले दाबी गरे ।

    झडपका क्रममा नेविसंघका ऋषि पोखरेल, सूर्य सुवेदी, सुरेश सुवेदी, महेश गौतम, उत्तम साउद घाइते भएका छन् । घाइतेमध्ये सूर्यको अवस्था गम्भीर छ । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij