शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सिटिजन्सका अधिकृत डिसिइओ काफ्लेको निधन

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २६, २०८१



  • सिटिजन्स बैंक इन्टरनेसनलका नायब प्रमुख कार्यकारी अधिकृत(डिसिइओ) पारसकुमार काफ्लेको निधन भएको छ । एक कार्यक्रममा श्रीलंका जानुभएका काफ्लेको हृदयघातका कारण निधन भएको हो । बैंकका अनुसार उहाँको स्वास्थ्यमा समस्या आएपछि श्रीलंकाकै एक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि स्वास्थ्य अवस्था सहज देखिएको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो । तर, गत शनिबार बिहानको नास्ता खाँदै गर्दा पुनः समस्या देखिएपछि फेरि अस्पताल पुर्याइएको थियो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका अनुसार त्यहाँ आवश्यक परीक्षण गरेपछि मुटुमा समस्या रहेको पत्ता लाग्यो । एन्जिओप्लास्ट गर्दा मुटुका धेरै भागमा ब्लकेज देखियो । उपचारकै क्रममा हृदयाघात भयो । काफ्लेको निधनबाट सिटिजन्स बैंक परिवार स्तब्ध भएको छ ।

    त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडिजमा स्नातकोत्तर काफ्ले ३२ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । ट्रेड फाइनान्स, क्रेडिट अपरेसन्स, ब्रान्च व्यवस्थापन, बैंक अपरेसन, रिलेसनसिप व्यवस्थापन, अपरेसनल रिस्क व्यवस्थापन र कम्प्लायन्समा उहाँको विशेष दख्खल थियो । काफ्लेले सिटिजन्स बैंकको प्रमुख सञ्चालन अधिकृत (सिओओ) भएर सात वर्षसम्म अनुभव बटुल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij