आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्थिक परिवर्तनका लागि कांग्रेस-एमाले सरकार : उपप्रधानमन्त्री सिंह

  • प्रकाशित मिति : शनिबार, साउन १९, २०८१



  • काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वकाे जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएकाे बताएका छन्।

    शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयाेजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।

    यसअघि छिटाे छिटाे सरकार परिवर्तन हुँदा अस्थीरता भएकाे भन्दै राजनीतिक स्थीरताका लागि अहिलेकाे गठबन्धन बनेकाे उनकाे भनाइ थियाे।

    `राजनीतिक स्थायित्व र स्थीरताकाे जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि याे सरकार गठन भएकाे छ´ उपप्रधानमन्त्री सिंहले भने, `जिम्मेवारी ठूलाे छ। त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ।´

    नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नाे क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मति प्रदेशकाे आन्तरिक मामिला मन्त्री बनेकाेमा बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरेकाे हाे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij