शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामनासहित रक्षाबन्धन ग्रहण

  • प्रकाशित मिति : सोमवार, भदौ ३, २०८१



  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गरेका छन्।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवरमा शुभकामना दिएका हुन्।

    जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको उनले उल्लेख गरेका छन्।

    यसैबीच प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरे। प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरुले पनि रक्षाबन्धन ग्रहण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij