प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३
काठमाडौं। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले गत स्ववियु निर्वाचनमा क्रान्तिकारीकातर्फबाट स्ववियु निर्वाचन जित्ने विजेताहरुलाई सम्मान र स्थानीय निर्वाचन अभियानका लागि विदाई गरेको छ।
आज अखिल (क्रान्तिकारी) ले ३ नंं. प्रदेशका २४ वटा कलेजमा जितेका स्ववियु अध्यक्ष सहित २ सय ५१ जना विजेता पदाधिकारी तथा सदस्यहरुलाई माओवादी केन्द्रका नेता एवं उर्जामन्त्री जनार्दन शर्माले सम्मान गरेका थिए।
विजेता स्ववियु पदाधिकारीलाई माल्यार्पण सहित प्रमाणपत्र दिएर सम्मान गरिएको थियो, भने गोलाकार भित्रका हंसिया हथौड़ाको झण्डा प्रदान गरी स्थानीय निर्वाचनको अभियानमा विदाई गरिएको थियो ।
क्रान्तिकारीले उपत्यकाका पुल्चोक, थापाथली, सानोठिमी जस्ता ठुला क्याम्पस सहित ३ नं। प्रदेशमा कुल दुई दर्जन कलेजमा स्ववियु अध्यक्ष जितेको थियोे ।
अब स्ववियुको उर्जा लिएर क्रान्तिकारीका सवै नेता कार्यकर्ताहरु स्थानीय निर्वाचनमा परिचालित हुने क्रान्तिकारीका केन्द्रीय सचिव एवं प्रदेश संयोजक विजय गौतमले वताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij