शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

त्रिवि विमानस्थलमा नर्भिकको निःशुल्क आकस्मिक चिकित्सा सेवा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्थापित निःशुल्क आकस्मिक स्वास्थ्योपचार क्लिनिक उद्घाटन गरिएको छ । शुक्रबार बिहान नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य र विमानस्थलस्थित नागरिक उड्ड्यन कार्यालय, नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक देवानन्द प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त कक्षको उद्घाटन गरेका हुन् ।

    उक्त निःशुल्क आकस्मिक क्लिनिक मार्फत् नर्भिकले आन्तरीक हवाई यात्रीहरूमा आइपर्ने आकस्मिक चिकित्सा आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य लिएको जनाएको छ ।

    उक्त सेवाबाट यात्रु तथा बिहानदेखि साँझसम्म ड्युटीमा रहने चिकित्सक, नर्सिङ्ग स्टाफ र प्यारामेडिकको सेवा प्राप्त गर्नुका साथै सबै खाले प्राथमिक उपचार प्राप्त गर्नेछन् ।

    साथमा क्लिनिकले निबुलाइजेसन, इ.सी.जी. सेवा, रक्तचाप मापन यन्त्र, जीवनदायी सङ्केतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, प्राणवायुको मात्रा-संतृप्ति (Oxygen Saturation), ट्रली शय्या र आवश्यक पर्दा वा आकस्मिक अवस्थामा भेन्टिलेटको सेवा÷सुविधा समेत प्राप्त गर्नेछन् ।

    अत्याधुनिक सुविधासम्पन्न उक्त मोवाइल सी.सी.यु. (अत्याधुनिक एम्बुलेन्स) बिहानेदेखि साँझसम्म उपलब्ध हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij