प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको नौ दिनसम्म बसेको बैठकका निर्णय आज सार्वजनिक गर्दैछ । गत गत साउन २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक सोमबार सम्पन्न भएको हो ।
बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरूले उठाएका विषयमा सभापति गगनकुमार थापाले स्पष्ट पारेका थिए ।
केन्द्रीय कार्यसमितिद्वारा पारित गरिएका निर्णयहरू आज दिउँसो ३ बजे पार्टी प्रवक्ता देवराज चालिसेमार्फत् पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
केन्द्रीय समिति बैठकको अन्तिम दिन उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सह–महामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला संग्रौला पन्त, कर्णबहादुर बुढा, मुक्ताकुमारी यादव तथा केन्द्रीय सदस्यद्वय विनोदकुमार चौधरी र प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले आ–आफ्नो धारणा राखेका थिए ।
पार्टीले आजदेखि नै १५ औँ महाधिवेशनको तयारी थाल्ने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij