प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३
काठमाडौँ। भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको कमाण्ड तथा स्टाफ तालिममा सहभागी अधिकृतहरूसँग अन्तरक्रिया गरेका छन्।


भाद्र २ गते भएको अन्तरक्रियामा मध्यम तहका अधिकृतहरूको व्यावसायिक दक्षता, नेतृत्व क्षमता तथा स्टाफसम्बन्धी कार्यकौशल अभिवृद्धिका लागि सञ्चालन हुने तालिमका शिक्षार्थी अधिकृतहरूको सहभागिता रहेको थियो।
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुने उक्त तालिमले अधिकृतहरूमा कमाण्ड तथा स्टाफसम्बन्धी जिम्मेवारी निर्वाह गर्ने क्षमता विकास गर्ने उद्देश्य राखेको छ। सोही क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले तालिमरत अधिकृतहरूसँग अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रियाले नेपाली सेनाका अधिकृत र भारतीय सेनाका उच्च तहका नेतृत्वबीच व्यावसायिक अनुभव तथा ज्ञान आदानप्रदानको अवसरसमेत प्रदान गरेको जनाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij