बिहिबार, भदौ ४, २०८३ | Thursday 20th August 2026

दाङमा ट्याक्टर र अटो ठोक्किएर चालकको मृत्यु,२ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, भदौ ४, २०८३



  • बर्षात ओली,दाङ। दाङमा अटो र ट्याक्टर ठोक्किएर चालकको मृत्यु २ घाइते भएका छन् ।

    दाङ जिल्लाको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    गत ३ गते वेलुकी ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिकाप-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा ४ गते बिहान ०२:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको हो ।

    अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।

    ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डाक्टर हेम बहादुर के सी जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सिमरा घटना, बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ
    दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
    ६१ वर्षीया महिलामाथि जबरजस्ती गर्ने २१ वर्षीय युवक पक्राउ
    भारतको मध्य प्रदेशमा सडक दुर्घटनाः ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते
    प्रहरी कार्यक्रम प्रसारणका लागि सम्झौता नवीकरण
    दाङमा ट्याक्टर र अटो ठोक्किएर चालकको मृत्यु,२ जना घाइते
    भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
    प्रेस काउन्सिलका चार सदस्यको शपथ
    कोशी प्रदेशमा २८४३ जना फरार प्रतिबादी पक्राउ, जरिमाना स्वरुप १४ करोड १७ लाख ५४ हजार १८ उठ्यो
    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij