बुधबार, अशोज २८, २०८३ | Wednesday 14th October 2026

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस्!

  • प्रकाशित मिति : मङ्लबार, अशोज २७, २०८३



  • शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन । चन्द्रघण्टाको पूजा आराधना गरी मान्नेहरुले आफूहरुलाई देवी शरणमा समर्पित गरेका छन् र गरिरहेका छन् ।

    दशैं अर्थात् विजया दशमी, हिन्दूहरुको महान पर्व । विजया दशमीअन्तर्गत प्रतिपदादेखि नवमी तिथिसम्म देवीको नौंवटै स्वरुपको पूजा सम्पन्नपश्चात दशमी तिथिका दिन हर्षोल्लासपूर्वक दशैंमा सहभागी हुनेछन् । पारम्परिक मान्यताअनुसार दशैंका दिन दुर्गा देवीको पूजा सम्पन्न गरी देवीको विदाई गर्ने गरिन्छ ।

    दशमीका दिन देवीको यात्रा गर्ने मानिन्छ अर्थात् प्रस्थानको साइत । प्रस्थान— शुभकार्यका लागि ।देवीको यही यात्रा प्रक्रियाबाट शुभयात्रा भन्ने प्रचलन प्रारम्भ भएको विश्वास गरिन्छ । दशैंका अवसरमा असल कर्मका दृष्टिले मानवले पनि सबै विध्न बाधाको अन्त्य गरेर एक जीवन यात्राको प्रारम्भ गर्नेछ, जो शुभ हुनेछ ।

    दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ । तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन ।

    व्यवहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्व परिवार जोड्नेसँग पनि छ । दशैंको अवसरमा प्रत्येक नेपाली आफ्‌नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुन्छन् । टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग—द्वेष विर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै भविष्यको नयाँ निर्माणमा सक्रिय हुन्छन् । परिवारका सदस्यको कल्याण र उन्नती सबैको अभीष्ट हन्छ । वास्तवमा यो पर्वले पारिवारिक सम्वादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन् । दशैं पर्वले हामीलाई वर्षौदेखि पारम्परिकरुपमा यही पाठ पढाउँदै आएको छ ।

    एउटा कुरा स्वीकार्नैपर्छ, यस पटकको दशैंमा आम जनतामा खासै उत्साह देखिएको छैन । गएको भदौ १० को भोटेकोसीको बाढीले उत्पन्न अप्रीय अवस्था र त्यसपछि यस पटकको दशैंको पहिलो दिन अर्थात हिजो (असोज २५) बुढी गण्डकीको बाढीले गोरखामा वितण्डा मच्चायो । यसभन्दा बाहेक पनि अन्य नदी नालामा बाढीको अवस्था उत्पन्न भएको छ । ती बाढीको प्रभावबाट प्रभावित जनताको परिवार अझैपनि बाढीको कहरबाट मुक्त हुन सकेको अवस्था छैन । यस्तोमा दशैंको उत्साहको अपेक्षा गर्न सकिँदैन ।

    निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता वृहत परिवारका सदस्य हुन् । प्राकृतिक कारणले एक ठाउँमा सकस भोगिरहेका नेपाली जनतामा राजनीतिकरुपमा पनि उत्साह छैन । पछिल्ला दिनमा दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुःखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ? दशैंले आफ्‌नो पारम्परिक महत्व किन निर्वाह गर्न सकिरहेको छैन र अर्थ गुमाउँदैछ ? यसपटकको दशैंले परिवार जोड्ने आफ्‌नो पारम्परिक महत्व कायम गर्न सकोस ।

    शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको भूमीका जनता अशान्तिका विरोधी हुन् । सारमा नेपालका आमजनता शान्तिकामी हुन् । तर दुर्भाग्य, यस भूमीको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको छ । नेपाली राजनीतिकर्मीको अदूरदर्शिता र क्षणिक स्वार्थका कारण नेपाल र नेपाली प्रताडित बन्न पुगेकोमा शंका छैन । नेपालको पछिल्लो समयको अवस्था मूल्यांकन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ । राजनीतिक दलबीच दूरी बढेको छ । जनस्तरको सम्बन्धको धाँजा फाटेको छ । जनता एकअर्कासँग टाढिएका छन् । फलतः राष्ट्रिय एकता कमजोर बन्न पुगेको छ भन्दा अस्वाभाविक हुँदैन । आफ्‌ना समस्याको समाधान नेपाल र नेपाली स्वयंले गर्न सक्नुपर्दछ । यसको विकल्प छैन ।

    शान्तिका पक्षमा हामी स्वयंबाटै अग्रसरता लिइनुपर्छ । नेपाल र नेपालीका परिचय र पहिचानका सीमा खुम्चिँदै छन् । नेपालको राजनीति अहिले यही धारबाट निर्देशित छ भन्दा अतिशयोक्ति हुँदैन । मुलुकका सामु देखिएको अहिलेको जटील समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ विन्दू आपसी समझादारी बन्न सक्नुपर्छ । तर यसका लागि दलबीच समन्वय हुन नसक्नु दुखद छ । प्रश्न उठ्छ, आखिर दलहरु किन एक ठाउँमा आउन सकिरहेका छैनन ? देशको समस्या समाधान गर्न किन सबै एकमत छैनन ?

    किन सबै आफ्‌नै मूल्यमा मात्रै समस्याको सम्बोधन चाहन्छन् ? सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन । यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीतिक शक्तिहरु असाध्य समाधान खोज्ने नौटंकीमा किन व्यस्त छन् ? यी सबै प्रश्नका उत्तर देशवासीले चाहेका छन् । यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकुन । यसै सन्दर्भमा संविधान संशोधन वा पुनर्लेखनको कुरा पनि उठेको छ । यो कार्य पनि दलहरूबीचको समझदारीविना सम्भव हुन सक्दैन । देशमा गत भदौको जेनजी आन्दोलनपछि विकसित नयाँ राजानीतिको उपस्थितिमा गत फागुनमा सम्पन्न संसदीय निर्वाचनमार्फत वालेन्द्र साहको नेतृत्वमा नयाँ शक्ति (रास्वपा)को सरकार अस्तित्वमा छ ।

    सरकारले देश र जनताको समस्यालाई सम्बोधन गर्ने सन्दर्भमा प्रयास त गरेकोजस्तो देखिन्छ तर सकारात्मक परिणाम अझै पनि प्राप्त हुन सकिरहेको छैन । माथि पनि चर्चा गरियो दलहरूबीच शौर्हाद्रपूर्ण सम्बन्ध कायम हुन सकेको देखिएको छैन । तिनका बीचमा अझै दूरी बढेकोजस्तो देखिएको छ । वास्तवमा यो अवस्थाले देश र जनतालाई सही दिशामा निर्देशित गर्न सक्दैन ।

    अहिले नेपाली राजनीति बडो सकसमा छ । जनताका आकांक्षा समस्याग्रस्त छन् । दलबीचको दुरी कम हुन सकोस । जनस्तरको खाडल पुरिन सकोस । आपसमा सम्वादको वातावरण निर्माण हुन सकोस । दशैंका अवसरमा आमनेपाली एकअर्कामा समाहित हुन सकुन । यति हुनसके जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ । यसपटकको दशैंले राष्ट्रिय एकता प्रवद्र्धन गरी देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस । अबको यात्रा सुखद हुन सक्नुपर्छ ।

    यो कार्य मौखिक शुभकामना आदान—प्रदानबाटमात्र सम्भव छैन । यसका लागि सबैले मन वचनले प्रयास गर्नु अपेक्षित छ । नेपाली राजनीतिमा पछिल्लो दिनमा अरुलाई दोष पन्छाएर आफू ओभानो हुने प्रवृत्ति मौलाएको छ । यो गलत हो । ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्ने आँट जबसम्म नेपाली दल र नेताले गर्दैनन् तबसम्म राष्ट्रका समस्या सहजै समाधान नहुने पक्का छ । दुःखका साथ भन्नुपर्छ, नेपाली दलहरु यसका लागि तयार छैनन् ।

    नेपाली दलहरुका कारण अहिले समग्र नेपाली मानसिकता विभाजनको सँघारमा पुगेको छ । वर्षौदेखि एक भूमीमा मिलेर बसेका नेपाली जनता एक अर्कासँग टाढिन पुगेका छन् जो देशको दीर्घकालीन हीतका लागि हानिकारक छ र दुखपूर्वक भन्नुपर्छ, यो अवस्थाको निर्माकर्ता नेपाली दलहरु हुन् । दशैंले नेपाली दल र नेतालाई सद्बुद्धि प्रदान गर्न सकोस र अहिलेको विषम अवस्थालाई सहज बनाउन भूमिका निर्वाह गर्न सकोस । सबैलाई यही नै शुभकामना ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दशैँ मनाउन उपत्यकाबाट फर्किने यात्रुको चाप: २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
    दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस्!
    आजको राशिफल
    नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः IGP कार्की
    अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’
    बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
    आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
    देशका हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
    बाढी-पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित: गोरखा-धादिङ सडक पूर्ण अवरुद्ध
    नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Vu de l'extérieur, un plat de café paraît souvent simple, mais ses secrets se cachent dans les détails. Le sujet mérite d'être exploré plus attentivement. on oublie souvent farine et huile un pâté fruité à cuisson maîtrisée le petit geste pour une à première vue, où mettre pizza blanche aux champignons et parmesan Vu de l'extérieur, une recette de café paraît simple ; en cuisine, tout se joue pourtant dans les gestes, les temps de repos et l'équilibre des saveurs.