मङ्लबार, अशोज २७, २०८३ | Tuesday 13th October 2026

बाढी-पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित: गोरखा-धादिङ सडक पूर्ण अवरुद्ध

  • प्रकाशित मिति : सोमवार, अशोज २६, २०८३



  • काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा खसेको बाढी तथा पहिरोले मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पुल बगाएपछि गोरखा-धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य चार स्थानका सडकहरूमा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

    गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका-२, ३ र ९ मा बाढीले क्षति पुर्‍याउँदा गोरखा–धादिङ जोड्ने मुख्य सडक ठप्प बनेको हो।

    बूढीगण्डकी नदीको बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पुलका साथै वडा नं. ९ नयाँपुलस्थित गोरखा-आरुघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएपछि यस क्षेत्रमा सवारी साधन तथा पैदल यात्रुको आवागमन पूर्ण रूपमा रोकिएको छ।

    त्यस्तै बागमती प्रदेशअन्तर्गत धादिङको त्रिभुवन राजपथस्थित धुनिबेंसी नगरपालिका-९ खत्रीपौवामा पहिरो खस्दा सडक एकतर्फी मात्र सञ्चालनमा छ। म्याग्दीको बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र खुला रहेको छ।

    नवलपरासी (पूर्व) स्थित कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको लेदो र पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालन भएको छ, जहाँ ठूला सवारी साधनहरू चल्न सकेका छैनन्। मनाङमा पनि बाढीका कारण बेँसीसहर हुँदै खाङसारतर्फ जाने सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    अवरुद्ध तथा जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्न नेपाल प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः IGP कार्की
    अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’
    बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
    आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
    देशका हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना
    बाढी-पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित: गोरखा-धादिङ सडक पूर्ण अवरुद्ध
    नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
    DIGP ओम अधिकारीद्वारा इलाका प्रहरी कार्यालय कोल्हवीको निरीक्षण तथा समसामयिक विषयमा अन्तरक्रिया
    महाकाली नदीमा बगेर सशस्त्र प्रहरीका असई बेपत्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne fonctionnent pas toujours en cuisine : chaque restaurant et chaque café a ses propres méthodes. Pour mieux comprendre ces recettes, il vaut la peine d'examiner le sujet plus en détail. Évitez le mauvais rangement des concombres Four chaud, crêpes aux pommes fondantes Un steak brun n'est pas cuit astuces pour sauce miel-piment et conservation au réfrigérateur, concombres marinés express Les conseils des proches ne fonctionnent pas toujours : pour réussir une recette de restaurant ou de café, mieux vaut peser chaque ingrédient, respecter les températures et ajuster l'assaisonnement en fin de préparation.