मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

दसैंमा घर फर्कनेको घुइँचो, घटस्थापनायता उपत्यकाबाट ५ लाख यात्रु बाहिरिए

  • प्रकाशित मिति : आइतवार, कार्तिक २, २०८३



  • काठमाडौं। नेपालीको महान् पर्व बडादसैंका अवसरमा घर फर्कने यात्रुहरूको चाप काठमाडौं उपत्यकामा अझै बाक्लो रहेको छ। महाअष्टमीका दिन आइतबार पनि उपत्यकाका प्रमुख बसपार्क तथा नाकाहरूमा गन्तव्यतर्फ लाग्ने सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको छ।

    विशेषगरी नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर तथा गौशाला क्षेत्रमा बिहानैदेखि यात्रुको बाक्लो उपस्थिति र चहलपहल रहेको छ। घटस्थापनादेखि हालसम्मको अवधिमा मात्रै करिब ४ लाख ९६ हजार यात्रुले उपत्यका छाडिसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका छन्।

    बिहानको समयमा उपत्यकाबाट बाहिरिने सवारी साधनको चाप उच्च रहे पनि दिउँसोदेखि भने सडकमा गाडीको संख्या क्रमशः घट्दै गएको प्रहरीको भनाइ छ। दसैं मनाउन सर्वसाधारण गाउँघर फर्कने क्रम बढेसँगै काठमाडौं उपत्यकाभित्रका मुख्य सडकहरूमा भने सवारी साधनको चाप निकै घटेर सुनसान बन्न थालेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन
    श्रीमुक्तिनाथ रथयात्राः मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
    दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो
    कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गर्‍यो
    तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग
    दसैंमा घर फर्कनेको घुइँचो, घटस्थापनायता उपत्यकाबाट ५ लाख यात्रु बाहिरिए
    नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
    सशस्त्र प्रहरीद्वारा सर्लाहीमा १७ लाख १४ हजारको अबैध सामान पक्राउ
    पत्रकार श्रेष्ठ फर्किए घर, पन्त प्रेस काउन्सिल जाने
    कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त डग (K-9) सहित सशस्त्र प्रहरी बल, नेपालको निगरानी विस्तार

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij