मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन

  • प्रकाशित मिति : सोमवार, कार्तिक ३, २०८३



  • बिनिता शर्मा,काठमाडौ। सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस नि:शुल्क रूपमा सञ्चालन गरेको छ ।

    दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ नि:शुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।  नि:शुल्क बस सेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । ती बस बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म विभिन्न रुटमा चल्नेछन् ।

    सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ । यसैगरी सशस्त्र प्रहरी हेडक्वार्टरबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्कलगायत स्थानका यात्रुलाई नि:शुल्क सेवा दिने सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रबक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो । ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन
    श्रीमुक्तिनाथ रथयात्राः मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
    दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो
    कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गर्‍यो
    तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग
    दसैंमा घर फर्कनेको घुइँचो, घटस्थापनायता उपत्यकाबाट ५ लाख यात्रु बाहिरिए
    नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
    सशस्त्र प्रहरीद्वारा सर्लाहीमा १७ लाख १४ हजारको अबैध सामान पक्राउ
    पत्रकार श्रेष्ठ फर्किए घर, पन्त प्रेस काउन्सिल जाने
    कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त डग (K-9) सहित सशस्त्र प्रहरी बल, नेपालको निगरानी विस्तार

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij